+
+

ग्रेसको शैक्षिक मेलामा विद्यार्थीको भीड

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १८:५८

१७ भदौ, काठमाडौं । ग्रेस इन्टरनेशनलले आयोजनामा काठामडौंको होटल अन्नपूर्णमा भएको वृहत् अष्ट्रेलियन शैक्षिक मेलामा उल्लेख्य विद्यार्थी तथा अभिभावकले सहभागिता जनाए । आइतबार दिउँसो विद्यार्थीरुको भीड मेलामा थामिनसक्नु थियो ।

ग्रेस इन्टरनेशनल डाइरेक्टर कन्ट्री एन्ड्रयु पौडेलका अनुसार मेलामा विद्यार्थीहरुलाई अष्ट्रेलिया गएपछि कसरी सुरक्षित भविष्य निर्माणका लागि काम गर्ने भन्ने परामर्श दिइएको छ । अष्ट्रेलियाका २१ वटा कलेज र विश्व विद्यालयले सहभागिता जनाएको मेलामा कतिपय विद्यार्थीलाई लिएर अभिभावक नै पुगेका थिए ।

यस्तै बुटवल, चितवन र पाखरामा पनि भएको छ । बुटवलमा ५ सय, चितवनमा ९ स यर पोखरामा ९ सय विद्यार्थीले सहभागिता जनाएका छन् । कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर, मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताहरुद्वारा करियर काउन्सिलिङसँगै अबोर्ड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

शैक्षिक मेला अन्य शैक्षिक संस्थाले गर्ने भन्दा वृहत र फरक भएको पौडेलले बताए । ‘हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा सिकाइएको छ, यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउँदै, पेपरको प्रयोगमा कमी ल्याइएको छ,’ उनले भने, ‘अबोर्ड स्टडीका विषयमा प्रष्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग गरिएको छ । शैक्षिक छात्रवृति, मेला स्थल मै भर्ना,विभिन्न बैंकहरुले दिने शैक्षिक ऋण , सिपसँगै, नेतृत्व विकाश सम्बन्धि कार्यशाला शैक्षिक मेलाको बिशेष आकर्षणको थियो ।’

मेलामा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सिलिङ गरेका छन् । शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाएका छन् । यस्तै आईएलटीएसमा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श दिइएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?