+
+

नयाँ शक्तिका नेता बुढथापाको मृत्युबारे छानबिन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १९:०९

१७ भदौ, काठमाडौं । सरकारले नयाँ शक्ति पार्टी, जुम्लाका नेता राधाकृष्ण बुढथापाको शंकास्पद मृत्युबारे छानविन गर्न उच्चस्तरीय समिति बनाएको छ ।

गृह मन्त्रालका सहसचिव गोपाल अर्यालको संयोजकत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ, सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनाल, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा, जुम्लाका जिल्ला न्यायाधीवक्ता रञ्जिता पोखरेल र कणर्ाली प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव उपेन्द्रकेशर खनाल सदस्य रहेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयअनुसार बनेको समितिलाई बुढथापाको मृत्युबारे छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । साथै बुढथापाको मृत्युलाई लिएर भएको आन्दोलनका क्रममा भएको क्षति र स्थानीय प्रशासनको भूमिका मुल्यांकन गर्न पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?