१७ भदौ, काठमाडौं ।एफवान सफ्ट इन्टरनेसनल प्रालिले अनलाईन सपिङ सुरु गरेको छ। भाटभटेनी अनलाईन डट कमलाई रि–ब्राण्डिङ गरी कम्पनीले ई-सेवा पसल डट कम संचालनमा ल्याएको हो।
कार्यक्रममा इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल कोसेढुङ्गा सावित हुने दाबी गरे । उनले भने, ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो । हामी ग्राहकलाई सर्वसुलभ मूल्यमा सर्व उच्चस्तरीय सेवा प्रदान गर्नेछौं ।’
पसल शुभारम्भको अवसरमा कम्पनीले विशेष छुट योजना समेत ल्याएको छ।इसेवा पसल सामान किनेर इसेवामार्फत भूक्तानी गर्दा पाँच प्रतिशतसम्म क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नबिल बैंकको भिसा कार्डमार्फत् अनलाइन रकम भूक्तानी गर्दा २५ प्रतिशत र कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइने छ । कम्पनीले किस्तावन्दीमा सामान किन्न सकिने सुविधा समेत ल्याउने जनाएको छ।
कम्पनीले दशैलाई मध्यनजर गरेर सामान किन्दा लक्की ड्रमार्फत उपहार दिने योजना समेत ल्याउने जानकारी दिएको छ। इसेवापसलले सामान अर्डर गरेको २४ घण्टा भित्र निशुल्क सामान डेलिभरी गर्ने जनाएको छ । इसेवा पसलमा इसेवालगायत नेपालकाअधिकांश बैंकका मोबाईल बैंकिङ, ईबैंकिङ र कार्डमार्फत् भूक्तानी गर्न सकिने बताइएको छ।
प्रतिक्रिया 4