Comments Add Comment

यसरी हटाइयो धावनमार्गमा चिप्लिएको यतीको विमान ( ७ तस्वीर)

१७ भदौ, काठमाडौं । शनिबार अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धसिएको यती एयरलायन्सको चार्टर विमानलाई सशस्त्र प्रहरी बलको टोलीले धावन मार्गबाट बाहिर निकालेको छ ।

शनिबार बेलुका साढे ८ बजे त्रिभुवन विमानस्थलमा धसिएको यतीको जहाज सशस्त्र प्रहरी बलले आफ्नो जनशक्ति र एक्साभेटरको सहायताले विहान साढे ८ बजे धावनमार्गबाट बाहिर निकालेको हो ।

नेपालगञ्जबाट काठमाडौको लागि उडेको 9N-AHW जेट स्टिम यती एयरलायन्सको चार्टर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर ४/५ मिटर वायाँतर्फको घाँसे मैदानमा जहाजको तीनवटै पांग्रा धसिएको थियो ।

आइतबार बिहान करिव साढे ३ बजे सशस्त्र प्रहरी नायव उपरीक्षक ओजेश वलीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षकहरु मिनराज भट्ट र भवराज कटवालको छुट्टाछुट्टै विपद उद्धार टोली उद्वारमा खटिएको थियो ।

उक्त जहाजलाई घाँसे मैदानबाट हटाएपछि एपीएफ टोलीले सम्बन्धित एयरलायन्सका प्रतिनिधिहरुलाई जिम्मा लगाएको थियो ।

शनिबार राति यतीको जहाज धावनमार्गमा चिप्लेर भएको दुर्घटनामा चालक दलका सदस्य ३ जना तथा २१ जना यात्रुहरु सबै सकुशल रहेका छन् ।

तस्वीर सौजन्य : सशस्त्र प्रहरी बल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment