+
+
Shares

ढुंगाले लागेर किशोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १९:४७

१७ भदौ, अछाम । अछाममा ढुंगा लागेर आइतबार एक किशोरी मृत्यु भएको छ । चौरपाटी गाउँपालिका-४ पायलका १५ वर्षीया भगवती धामीको मृत्यु भएको स्थानीय धनबहादुर धामीले जानकारी दिए ।

स्थानीय पारी वन भन्ने जंगलबाट दाउरा ल्याउने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा लागेर गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनबहादुरको भनाइ छ ।

मृतक भगवती स्थानीय वैजनाथ मावि पायलमा कक्षा ६ मा अध्ययनरत थिइन् । पहिरोसँगै आएको ढुंगा लागेर एउटा गाइ पनि मरेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?