Comments Add Comment

लकाजेटको गोलमा आर्सनलको पहिलो अवे जित

१७ भदौ, काठमाडौं । निकै प्रतिस्पर्धात्मक खेलमा कार्डिफ सिटीलाई हराउँदै आर्सनलले सिजनको पहिलो अवे जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले कार्डिफमाथि ३-२ गोल अन्तरको जित निकालेको हो ।

कार्डिफको घरेलु मैदानमा भएको खेलमा आर्सनलले ११ औं मिनेटमा मुस्ताफीको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी टाइममा कामारासाले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

खेलको ६२ औं मिनेटमा अबामियाङले गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए । तर, यो पनि ८ मिनेटभन्दा टिक्न सकेन । ७० औं मिनेटमा कार्डिफका वार्डले बराबरी गोल गरे ।

तर, ८२ औं मिनेटमा अलेक्जेन्डर लकाजेटले गोल गर्दै आर्सनललाई सिजनको पहिलो अवे जित दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment