+

पोग्बा पेनाल्टीमा चुके, रास्फर्डले रातो कार्ड पाए

२०७५ भदौ  १७ गते २३:२५ २०७५ भदौ १७ गते २३:२५
पोग्बा पेनाल्टीमा चुके, रास्फर्डले रातो कार्ड पाए

१७ भदौ, काठमाडौं । पल पोग्बा पेनाल्टीमा चुक्नुका साथै मार्कस रास्फर्डले रातो कार्ड पाएको खेलमा म्यानचेष्टर युनाइटेडले बर्नलीलाई हराएको छ ।

आइतबार प्रिमियर लिगमा भएको खेलमा युनाइटेडले बर्नलीलाई २-० ले हराएको हो ।

बर्नलीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका रोमेलु लुकाकुले पहिलो हाफमा दुई गोल गरे । २७ औं मिनेटमा खाता खोलेका उनले ४४ औं मिनेटमा अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा इरोन लेलोनले रास्फर्डलाई फउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पायो । तर, पोग्बाको प्रहार म्यानचेष्टर सिटीका पूर्वगोलकिपर जोए हार्टले रोके ।

दुई मिनेटपछि नै म्यानचेष्टर युनाइटेड १० खेलाडीमा सिमित भयो । बर्नलीका डिफेण्डरलाई टाउको जुधाउन पुगेपछि रास्फर्डले रातो कार्ड पाएका हुन् ।

अर्को खेलमा टोटनह्यामले वाटफोर्डसँग २-१ को हार व्यहोरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय