Comments Add Comment

चिकित्सकको आन्दोलनमा कांग्रेसको समर्थनः देउवा

१८ भदौ, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने बताए । तपाईं नै प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरुसँग छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको जिज्ञासामा सभापति देउवाले छलफल गरेर नै ल्याएको प्रतिक्रिया दिए ।

सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको बताएका सभापति देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक-फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको तर्क छ । संयुक्त सैन्य अभ्यास सहमतीअनुसार हुन लागेको उनले बताए ।

देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment