+
+
Shares

भन्सार छलेर ल्याइएका लाखौंका कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १०:१४

१८ भदौ, चितवन । चितवन प्रहरीले भन्सार छलेका र न्यून विजकीकरण गरेर ल्याइएका लाखौंका कपडा बरामद गरेको छ ।

ना ३ ख ४३५९ नम्बरको ट्रकमा राखेर वीरगञ्जबाट काठमाडौं लगिँदै गरेको अवस्थामा प्रहरीले भरतपुरको गोन्द्रागबाट समानसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी शिव आचार्यका अनुसार काठमाडौंका विभिन्न कपडा पसलहरुको नाममा सामानहरु ल्याइएको छ । ट्रकमा लाखौं मुल्यका कपडा ल्याइए पनि भन्सारमा ब्यापारीहरुले सेटिङ मिलाएर न्यून विजकीकरण गराएको देखिएको डीएसपी आचार्यले बताए ।

‘जम्मा १२ लाख ९८ हजारको न्यून विजकीकरण देखिन्छ, तर ट्रकका कपडाको मात्रा हेर्दा र त्यसको बजार मूल्यलाई हेर्दा त्यसको १० गुणा हुन आउँछ’, डीएसपी आचार्यले भने, ‘हामीले बरामद गरिएको ट्रकसहितका समान पुनः भन्सार चलान गर्ने तयारी गरेका छौं ।’

काठमाण्डौंमा समान मगाउने व्यापारीहरुको विषयमा समेत अनुसन्धान गरिने उनले बताए । चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले चाडपर्वका बेला भन्सार छलेर वा न्यून विजकीकरण गरेर सरकार र जनता दुवैलाई ठग्ने यस्ता प्रवृति र काम प्रति प्रहरी कठोर रुपमा प्रस्तुत हुने बताए । प्रहरीले चेकजाँचलाई तीव्र बनाउने उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?