+
+
Shares

५४ लाख ९६ हजारसहित ५ जना ‘हुण्डी कारोबारी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १०:३४
१८ भदौ, वीरगञ्ज । ५४ लाख ९६ हजार रुपैयाँसहित पक्राउ परेका पाँच जना शंकास्पद हुण्डी कारोबारीलाई वीरगञ्ज प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामध्ये २ जना भारतीय नागरिक छन् ।
प्रहरीले पर्साको विन्दवासनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा बस्ने पवन कुमार गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ जेल रोड बस्ने अजय मानन्धर, पूर्वी चम्पारण जिल्ला मोतिहारी पञ्चायत चम्पापुर थाना रामगढवा मानाना बस्ने साविर मियाँ, मोतिहारी रक्सौल नगरपालिका वडा नम्बर ३ थाना रक्सौल बस्ने अशोक श्रीवास्तव र बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ खजानी बस्ने अजय कुमार जैसवाल रहेका छन् ।
विशेष सूचनाको आधारमा एकैपटक तीन स्थानमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । ‘अवैध वित्तीय कारोबार हुने गरेको विशेष सूचना आएको थियो, एकैपटक वीरगञ्जका तीन स्थानमा छापामारी गर्‍यौं,’ उनले भने, ‘कानुन बमोजिम खानतलासी गर्दा स्रोत नखुलेको अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भयौं ।’
अनुसन्धानका लागि ८ जनालाई पक्रेको भएपनि अन्य तीन जना निर्दोष देखिएकाले छोडिएको दावी प्रहरीले गरेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माईस्थान स्थत सुमित्रादेवी गुप्ताको घरमा पवन कुमारले र वीरगञ्ज महानगरपालिका वडानम्बर १० घडिअर्वापोखरीस्थित सोनालाल गुप्ताको घरमा अजय कुमारले घर भाडामा लिएर अवैध रुपमा अवैध वित्तीय कारोबार गर्दै आएका थिए । गुप्ता फिल्म हल र मनी चेन्जरका सञ्चालक समेत रहेको बुझिएको छ ।
प्रहरीले भने तत्काल हुण्डी कारोबारी हुन वा होइनन् एकिनसाथ भन्न सक्ने अवस्था नरहेको बताएको छ । ‘अहिले नै हुण्डी कारोबारी हुन् वा अन्य भन्ने खुल्न सकेको छैन, राजश्वको अनुसन्धान पछि खुल्छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?