+
+

चक्रपथभित्रै ५ सय किलोमिटर पाइपलाइन बिछ्याउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १०:२६

१८ भदौ, काठमाडौं । काठमाडौंकौ करिब २५ प्रतिशत क्षेत्रमा मेलम्चीको पानी पुरानै पाइपलाइनबाट वितरण हुने भएको छ । महारराजगञ्जदेखि कलंकीसम्मको क्षेत्रमा वितरण पाइपलाइन बिछ्याउन अझै ठेक्का लागेको छैन ।

यो क्षेत्रमा पाइप बिछ्याउन अझै काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन इकाई -पीआईडी)ले बजेट जुटाउन सकेको छैन । करिब आठ अर्ब रुपैयाँको जोहो एसियाली विकास बैंक (एडीबी)मार्फत् नै गर्ने योजनामा छ, पीआईडी । इकाई प्रमुख तिरेश खत्रीकाअनुसार एसियाली विकास बैंक -एडीबी)सँग ऋणमा लागि छलफल भएको छ ।

जसलाई एडीबीले २०२०को प्रोजेक्ट पाइपलाइनमा राखेको छ । त्यसका कारण तत्कालै कलंकीदेखि महराजगञ्ज rmत्रपथ क्षेत्रभित्रको घर-घरमा नयाँ पाइपलाइन बिछ्याउन नसकिने भएको हो ।

सन् २०१९ भित्र टेण्डर निकाल्ने योजना रहेको खत्रीले बताए । त्यसपछि कम्तिमा सो क्षेत्रमा पाइपलाइन बिछ्याउन करिब ३ वर्ष लाग्नेछ । यो क्षत्रेमा करि ३ सय किलोमिटर क्षत्रेमा पाइप बिछ्याउन बाँकी छ ।

चक्रपथबाहिरको चार सयदेखि पाँच सय किमिमा वितरण सञ्जाल विस्तारका लागि अध्ययन हुँदैछ । हाल काम भइरहेका क्षेत्रभित्र करिब सय किमिमा पनि पाइप बिछ्याइसकिएको छैन । करिब ६० किमि पाइपलाइनको काम बाँकी रहेको खत्रीले बताए । ठेक्का लागिसकेका ७८० किलोमिटरमध्ये ७२० किलोमिटर क्षेत्रमा मात्रै काम सकिएको छ ।

कलंकीबाट त्रिपुरेश्वरतर्फको २ सय किलोमिटर क्षेत्रमा पनि पाइप बिछ्याउने काम बाँकी छ । थोक वितरण प्रणालीको काम लगभग सकिएको छ ।

यसैकारण काठमाडौं उपत्यका धुलोमुक्त कहिले हुन्छ ? सरकारी अधिकारीहरुसँगै यसको जवाफ छैन । पाइप बिछ्याउने र सडक विस्तारको कामका कारण अहिले उपत्यकाका सडकमा धुलो र हिलोको ‘साम्राज्य’ छ ।

मलेम्चीको नयाँ वितरणलाइन तयार गर्न महाराजगञ्ज, सामाखुशी, कलंकी, पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटार क्षेत्रमा सडक खन्ने काम बाँकी नै छ ।

पीआईडीका अनुसार चक्रपथभित्र पाइप बिछ्याउन थालेपछि उपत्यका फेरि एकपटक धुलोले ढपक्कै ढाकिनेछ । पाइपलाइन तयार पार्न चक्रपथभित्रै करिब पाँच सय किमि सडक खन्न बाँकी छ ।

उपत्यका धुलो र हिलोबाट मुक्त हुन अझै केही वर्ष लाग्ने स्पष्ट देखिएको छ ।

सवारी साधनहरुले एक ठाउँको धुलो र हिलो अर्को ठाउँसम्म पुर्‍याउने र वायुमण्डलमा फैलिने क्रम अझै तीन वर्षसम्म जारी रहन सक्ने पीआईडीका अधिकारीहरु स्वीकार्छन् ।

फाइल तस्वीर

पीआईडीले अर्को चरणमा चक्रपथबाहिर पाइपलाइन विस्तारको योजना बनाएको छ । पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर र कीर्तिपुरमा नयाँ पाइप बिछ्याउनुपर्नेछ ।
यस्तै, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटारमा पनि नयाँ पाइप बिछ्याउन अध्ययन भइरहेको छ । ती सबैमा गरी करिब पाँच सय किमि पाइप बिछ्याउनुपर्छ । र, त्यसका लागि ठूलै परिमाणमा खर्च हुने अनुमान छ ।

चक्रपथबाहिर बिछ्याउनुपर्ने पाइपको लम्बाइ यकिन भइनसकेको छैन । तर, ती इलाकामा पाइप बिछ्याउने काम कहिलेबाट शुरु हुने र कहिले सकिने भन्ने कुनै टुंगो छैन ।
अहिले मेलम्चीले थोक वितरण प्रणालीको पाइप बिछ्याउन पाँच वटा प्याकेजमा काम गरिरहेको छ । र, वितरण सञ्जाल विस्तारका लागि तीन वटा प्याकेजमा । वितरण सञ्जालका लागि थप दुई वटा प्याकेजमा ठेक्का लगाउने तयारीमा छ, पीआईडी ।

तर, धुम्बाराही, महाराजगञ्ज, सामाखुशी, कलंकीलगायत क्षेत्रमा पाइप बिछ्याउने काम मेलम्चीको पानी आएपछि नै शुरु हुने अनुमान छ ।

तत्काललाई ती क्षेत्रका बासिन्दाले पुरानै वितरण सञ्जालबाट पानी पाउने छन् ।

चक्रपथभित्रका कुल ८४ हजार दुई सय १७ घरधुरीमा मेलम्चीको पानी पुर्‍याउनुपर्छ । यसमध्ये एकतिहाइ घरधुरीले मेलम्ची आएपछि पनि पुरानै वितरण प्रणालीबाट पानी पाउनेछन् । एडीबीले चक्रपथभित्र अहिले सञ्चालनमा रहेको परियोजनाका लागि ८४ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?