१८ भदौ, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–६, बछुरियाकी एक १४ वर्षीया किशोरी बलात्कार आरोप लागेका युवकलाई कैलाली प्रहरीले पक्रेको छ ।
प्रहरीले ३३ वर्षीय हर्कबहादुर कुँवरलाई आइतबार लम्कीबाट नियन्त्रणमा लिएको हो ।
उनीमाथि भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपी किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार थिए ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले आफन्तकोमा लुकेर बसेको अवस्थामा कुँबरलाई आइतबार साँझ पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार राति नै धनगढी ल्याइएका उनीमाथि अनुसन्धान थालिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4