Comments Add Comment

नेपाल महोत्सवका लागि करोड बढी लगानी, तयारीका लागि २८ वटा उपसमिति गठन

सिड्नी / गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको महत्वपूर्ण कार्यक्रमका रुपमा रहेको नेपाल महोत्सव सिड्नीको तयारी जोडतोडका साथ अगाडि बढेको छ ।

करिब ३० हजार नेपाली र विदेशी उपस्थित हुने यो महोत्सवका लागि एनआरएन अस्ट्रेलियाले मुल आयोजक समिति तथा बिभिन्न उपसमिति बनाएको छ ।

हरेक दुइ वर्षमा आयोजना हुने नेपाल महोत्सव एनआरएनएको सबैभन्दा महत्वाकाक्षी परियोजना समेत हो । एनआरएन अस्ट्रेलियाको बैठकले एनआरएनएका अध्यक्ष टोनु गोथानेको संयोजक र सचिव नारायण कोइराला सचिव रहने गरी महोत्सव मुल तयारी समिति तथा सिड्नी महोत्सवका लागि भने उपाध्यक्ष नन्द गुरुङको संयोजकत्व तथा प्रबक्ता डिला खरेल र न्यू साउथवेल्सका उपसंयोजक अर्जुन केसी उपसंयोजक रहेको तयारी समिति बनाएर काम आरम्भ गरेको छ ।

यही आउदो २४ नोभेम्बरमा सिड्नीको पर्यटकीय क्षेत्र डार्लिङ हार्बरमा आयोजना हुने सीडनीको नेपाल महोत्सवका लागि मूल तयारी समितिका साथै २८ उपसमिति बनाइएको एनआरएनले प्रेश बिज्ञप्ति जारी गर्दै जनाएको छ ।

नेपाली समाजका अगुवा नारायण प्रधानको संयोजकत्वमा सल्लाहकार समिति, इन्द्रा वनको संयोजकत्वमा पर्यवेक्षक समिति, उपाध्यक्ष नन्द गुरुङको संयोजकत्वमा ब्यबस्थापन समिति, हेमन्त काफ्ले संयोजक तथा मनऋषी धिताल, माधब गैरै र सुरेश रेग्मी उपसंयोजक रहने गरी प्रचार प्रसार समिति बनाइएको छ ।

यस्तै धर्म अधिकारीको संयोजकत्वमा आयोजना स्थल ब्यबस्थापन समिति, पूजा चन्दको संयोजकत्वमा सांस्कृतीक समिति, अनिल पोखरेलको संयोजकत्वमा स्टल ब्यबस्थापन समिति,प्रकाश खरेलको संयोजकत्वमा स्वयंसेवक समिति, प्रवक्ता डिला खरेलको संयोजकत्वमा प्रायोजन समिति, अतिथी आमन्त्रण समितिको संयोजकमा कृष्ण गिरी रहेका छन् ।

प्रतिज्ञा अधिकारीको संयोजकत्वमा बजार ब्यबस्थापन तथा प्रोत्साहन समिति, बिष्णु हमालको संयोजकत्वमा अतिथी सत्कार समिति, रोहित खड्काको संयोजकत्वमा पर्यटन प्रर्वधन समिति, कोषाध्यक्ष अच्युत थपलियाको संयोजकत्वमा आर्थिक प्रोत्साहन समिति, सचिब देब गुरुङको संयोजकत्वमा लजिस्टिक कमिटी, समिर प्रधानको संयोजकत्वमा आइटी समिति, बिकास केसीको संयोजकत्वमा सत्कार समिति, लक्ष्मण श्रेष्ठको संयोजकत्वमा चिकित्सा सेवा समिति, छबी सापकोटाको संयोजकत्वमा सामाजिक संघ संस्था समन्वय समिति गठन गरिएको छ ।

विदेशी संघ संस्था समन्यवमा महाबाणिज्यदूत दिपक खड्का संयोजक, सुरक्षा ब्यवस्थापन समितिमा बिपीन थापा संयोजक , ध्वनी तथा प्रकाश ब्यवस्थापन समितिमा नवीन राना संयोजक, फोटो भिडियो ब्यवस्थापन समितिमा उद्धव भट्ट संयोजक, स्टेज ब्यवस्थापनमा प्रकाश अर्याल संयोजक, नेपाल परेड कमीटीमा संन्ध्या शाह संयोजक, नेपाल हाउस ब्यवस्थापन समितिमा सुधिरा शाह संयोजक, सोभिनियर प्रकाशन समितिमा ऋषी आचार्य संयोजक तथा अन्तर्राष्ट्रिय मिडिया संयोजनमा भवानी पौडेललाई संयोजकको जिम्मेबारी तोकिएको छ ।

नेपाल र नेपालीको महत्वपूर्ण महोत्सवका रुपमा चिनिएको यस कार्यक्रमका लागि मल्टी डाइनामिक रियल स्टेटले इभेन्ट पार्टनरको भूमिकामा उभ्याइसकेको छ । ‘वन कन्ट्री ,मेनी स्टोरीज’ नाराका साथ अगाडि बढाइएको यस महोत्सवका लागि अन्य थुप्रै प्रायोजनहरुसँंग कुरा अगाडि बढीरहेको र चाडैनै टुंगोमा पुग्ने प्रबक्ता डिला खरेलले बताए ।

चन्द्र सूर्य अंकित राष्ट्रि झन्डा फहराउँदै सिड्नीमा आयोजना हुने यस महोत्सव अगाडि नेपालको कला संस्कृति झल्काउने परिवेशको झाँंकीसहित नेपाल परेड पनि आयोजना हुने नेपाल परेडकी संयोजक संन्ध्या शाहले बताइन ।

एक करोड भन्दा बढी खर्च रहेको यस महोत्सव यसपटक नेपालीसहित विदेशीको लागि पनि आकर्षक बनाउने योजनामा आफूहरु जुटेको एनआरएनका उपाध्यक्ष तथा महोत्सवको संयोजक नन्द गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment