Comments Add Comment

रोयटर्सका दुई पत्रकारलाई ७ वर्ष जेल

१८ भदौ, काठमाडौं । म्यानमारको अदालतले रोयटर्सका दुई पत्रकारलाई ७ वर्षको जेल सजाय सुनाएको छ ।

राज्यको गोपनीयता भंग गरेको आरोप खेपिरहेका रोयटर्स आबद्ध पत्रकारद्वय वा लोन र क्याव सोई ओओलाई त्यहाँकाे अदालतले आइतबार जेल सजाय सुनाएको हो ।

रोहिंग्यामाथि राज्यले गरेको हिंसाबारे अनुसन्धान थालेका दुई पत्रकारमाथि गोपनीयता भंग गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । गोपनीयता भंगको आरोप लागेका दुवै पत्रकारलाई त्यससम्बन्धी कागजात थमाएर प्रहरीले १ वर्षअघि पक्रेकाे थियो ।

अदालतले गरेको मुद्दाको यो फैसलालाई म्यानमारको प्रेस स्वतन्त्रताको परीक्षाको रुपमा हेरिएको छ ।

‘आजको दिन म्यानमार, रोयटर्सका दुई पत्रकार र विश्वभरको प्रेस स्वतन्त्रताका लागि दुःखको दिन हो’, रोयटर्सका प्रधान सम्पादक स्टिफन एडलरले भनेका छन् ।

३२ वर्षीय वालोन र २८ वर्षका क्याव सोई ओओले पूर्वी रखिनको इन दिनमा सेनाद्वारा हत्या गरिएका १० व्यक्तिको सवुत संकलन गर्दै थिए । अनुसन्धानका क्रममा प्रहरीका दुई अधिकारीले उक्त कागजात दिने प्रस्ताव गरेका थिए । तर  प्रहरीले कागजात नदिएर उनीहरुलाई गिरफ्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment