Comments Add Comment

यस्ता लक्षण देखिएमा हुन सक्छ मिर्गौलामा संक्रमण

बदलिँदै गएको जीवनशैली र खानपानको गलत बानीको कारण हाम्रो मिर्गौलालाई पनि असर परिरिहेको हुन्छ ।

खानपानको गलत बानीले मिर्गोलाको कार्यसम्पादनलाई प्रभावित गर्छ र विषाक्त पदार्थहरु बाहिर निकाल्नबाट रोक्छ । यस्तोमा हाम्रो शरीरले पनि हाम्रो मिर्गाैलामा संक्रमण छ भनेर केही स्पष्ट संकेत दिन्छ ।

मिर्गौला शरीरको सबैभन्दा महत्वपूर्ण अंगहरुमध्ये एक हो । यसले शरीरलाई स्वस्थ बनाउनको लागि विषाक्त पदार्थहरुलाई बाहिर निकाल्न मद्धत गर्छ ।

तर, मिर्गौलामा संक्रमण भएमा यसले किड्नीको सामान्य कार्यप्रणालीलाई प्रभावित गर्छ । शरीरबाट विषाक्त पदार्थ र अतिरिक्त तरल पदार्थहरुलाई बाहिर निकाल्नबाट रोक्छ ।

यसैले हामीले मिर्गौलाले राम्रोसँग काम गरोस भन्नेमा ध्यान दिन जरुरी छ । तर जब हाम्रो मिर्गौलाले ठिकसँग काम गर्दैन शरीरले अक्सर केही संकेत र लक्षण देखाउँछ । हामीले यस्ता संकेतहरुलाई नदेखेको जस्तो वा बेवास्ता गर्नुहुँदैन ।

बारम्बार पिसाब आउने

यदि धेरै तरल पदार्थहरुको सेवन नगरेको अवस्थामा पनि तपाईंलाई बारम्बार पिसाब फेर्न जानुपर्छ भने यो मिर्गौलामा संक्रमणको स्पष्ट संकेत हो । ब्याक्टेरियाहरुले किड्नीमा हस्तक्षेप गर्नाको कारण यस्तो हुन सक्छ । तपाईंलाई लगातार पिसाब गर्न जाने इच्छा महसुस हुन्छ ।

पिठ्युँमा दुखाई

मिर्गौला सुन्निने र संक्रमणको कारण पिठ्युँको दुखाई हुन सक्छ । यदि तपाइर्ंको पिठ्युमा अचानक दुखाई महसुस हुन्छ भने यसलाई नदेखेको जस्तो नगर्नुहोस् । लामो समयसम्म पिठ्युँमा दुखाई भएमा यसले किड्नीमा गम्भिर इन्फेक्सनको संकेत दिन्छ ।

पिसाबमा रगत आउने

पिसाबमा रगत आइरहेको छ भने यो मिर्गौलामा संक्रमणको लक्षण हुन सक्छ । पिसाबमा रक्तश्राव कम हुन सक्छ तर यसलाई बेवास्ता नगर्नुहोस् । यो किड्नी सुन्निने कारण पनि हुन सक्छ ।

पिसाब फेर्दा दुखाई

पिसाब फेर्दा पोल्ने र दुखाई महसुस हुनु पनि मिर्गौला संक्रमणको संकेत हुन सक्छ । मानिसहरु अक्सर यसलाई बेवास्ता गर्छन् तर तपाईले तुरुन्त डाक्टरसँग भेट्नुपर्छ । यो मिर्गौला र मुत्राशय सुन्निने कारण पनि हुन सक्छ ।

पिसाब गर्दाको समयमा गन्ध

सामान्य अवस्थामा पिसाबबाट असामान्य गन्ध आउँदैन । यदी अचानक पिसाबबाट फरक गन्ध आएको जस्तो तपाईंलाई लाग्यो भने यसलाई नदेखेको जस्तो नगर्नुहोस् । यो मिर्गौलामा इन्फेक्सनको कारण हुन सक्छ । यस्तो भएमा डाक्टरसँग तुरुन्त भेट्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment