Comments Add Comment

के साहरुख गर्दैछन् ‘धुम ४’ ?

बलिउड सुपरस्टार शाहरुख खान आफ्ना प्रतिस्पर्धिहरु सलमान खान, आमिर खान र अक्षयकुमारसँगको प्रतिस्पर्धामा पछि पर्दै गएका छन् । उनलाई एउटा धमाकेदार फिल्मको खाँचो छ ।

शाहरुखका पछिल्ला केही फिल्महरुले आशातित ब्यापार गर्न सकेनन् । पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ त फ्लप नै भएको थियो । बरु उनीभन्दा कम स्टारडम भएका अक्षयकुमारले लगातार हिट फिल्म दिइरहेका छन् । शाहरुखको खस्किदो स्टारडम यसले पनि प्रतिबिम्बत गर्छ कि उनी फोब्र्सको विश्वका टप टेन हाई पेड एक्टरको सुचीमा उनी परेनन् । पछिल्ला केही वर्षदेखि उनी सो सुचीमा अटाइरहेका थिए ।

शाहरुखको फिल्म ‘जिरो’ चाँडै प्रदर्शनको तयारीमा छ । तर फिल्मले उनलाई राहत देला भन्नेमा धेरैलाई विश्वास छैन । फिल्ममा उनले एउटा पुड्को व्यक्तिको भूमिका निभाएका छन्,। जुन उनका फ्यानहरुलाई मन नपर्न सक्छ ।

सायद यही महसुस गरेर हुन सक्छ शाहरुखले एउटा सफल ब्रान्ड समातेका छन् । धुमको चौंथो सिक्वेलमा उनी प्रमुख खलनायकका रुपमा देखिने पक्का भएको छ । सफल फिल्मको खोजीमा शाहरुख आदित्य चोपडाको शरणमा पुगेका हुन् । यो फिल्ममा यसअघि जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले खलनायकको भूमिका निभाएका थिए ।

धुम सिरिजमा खलनायक बलियो हुने गर्छ । यसका प्रत्येक फिल्ममा अभिषेक बच्चनले अभिनय गर्ने गरेका छन् । धुम ४ मा पनि उनी हुनेछन् । तर फिल्ममा उनको खासै गतिलो रोल भने हुँदैन ।

हालै एक पत्रकारले शाहरुखले धुम ४ खेल्ने विषयमा प्रश्न गर्दा उनले जवाफ दिएका थिए, ‘यो सब अफवाह हो । मलाई आदित्यले यो विषयम केही भनेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment