+
+
Shares

ट्वीटरले अब बताउनेछ, को–को फलोअर्स अनलाइन छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते ११:३९

फेसबुकले जस्तै अब ट्वीटरले पनि स्टेटस इन्डिकेटरसँगै थ्रेडेड कन्भर्सेसन सुरु गर्ने योजना बनाएको छ । अब ट्वीटर प्रयोगकर्ताले आफ्ना को को फलोअरहरु तत्काल अनलाइन छन् भन्ने थाहा पाउन सक्नेछन् ।

ट्वीटरका सिइओ ज्याक डोर्सीले शुक्रबार एक ट्विट गर्दै यस्तो खुलासा गरेका हुन् ।

ट्वीटमा डोर्सीले भनेका छन्, ‘हामी माइक्रोब्लगिङ प्लेटफर्म ट्वीटरमा छिटै नै एक रोचक अपडेट गर्नेवाला छौँ ।’ उनका अनुसार थपिने नयाँ फिचरमा presence र threading  रहेका छन् । योसँगै उनले केही नमूना पनि पोष्ट गरेका छन् ।

presence फिचरका सहायताले प्रयोगकर्ताले यो कुरा थाहा पाउनेछन् कि यस समय को को फलोअर्स अनलाइन छन् ?

त्यस्तै threading फिचरबाट प्रयोगकर्ताले कुनै कन्भर्सेसनलाई थ्रेडेड मेसेजको रुपमा फलो गर्न सक्नेछन् ।

ट्वीटरको प्रडक्ट विभागका प्रमुख साराह हैदरले आफ्नो एक ट्विटमा भनेका छन्, ‘हामी प्रयोगकर्तालाई उनीहरुको उपस्थिति शेयर गर्ने मामिलामा पूर्ण नियन्त्रण प्रदान गर्दछौँ ।’

उनले ट्विटमा लेखेकी छन्, ‘हाई ट्वीटर, हामीले केही फिचर परीक्षण गरिरहेका छौँ ता कि ट्वीटरलाई अझै बढि अन्तरक्रियात्मक बनाउन सकियोस् । नयाँ फिचरको रुपमा presence र reply threadin रहेका छन् । यी फिचरमा अहिले काम गरिरहेका छौँ ।’ एजेन्सी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?