+
+
Shares

यस्तो छ दुनियाँकै पहिलो आमा संग्रहालय

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते ११:४३

संसारमा अनेक खालका संग्रहालयहरु छन् । हाम्रै देशमा पनि सिक्कादेखि लिएर सर्पसम्मका संग्रहालय रहेका छन् । छिमेकी मुलुक भारतमा भने आमा संग्रहालय रहेको छ, जुन सायद दुनियाँकै पहिलो हो ।

आमाप्रति समर्पित यो संग्रहालयमा महिला तथा मातृत्वसँग सम्बन्धित विभिन्न ३५ हजार वस्तुहरु संग्रहित छन् ।

यो म्युजियम भारतको महाराष्ट्रस्थित मुम्बइ तथा पूणे जिल्लामा रहेको छ । यो संग्राहलयमा दक्षिण भारत र खासगरी मराठी संस्कृति र गृहस्थ जीवनमा प्रयोग हुने सदियौँ पुराना चिजवस्तुहरु सुरक्षित राखिएको छ ।

शोधकर्ता डाक्टर बिट्ठल वेंकटेसले झण्डै ३० वर्षको कठीन शोध तथा संकलनपश्चात् यो संग्राहलयको स्थापना गरेका हुन् ।

आई म्युजियम नामले चर्चित यो संग्राहलय दुनियाँभरका आई अर्थात् माताहरुप्रति समर्पित छ ।

यो संग्राहलयमा बर्सेनि सयौँ पर्यटकहरु आउने गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?