+
+

डीएभीले उपत्यकाव्यापी अन्तरकलेज फुटसल आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १२:४०

१८ भदौ, काठमाडौं । डीएभी कलेजले अर्को साता ‘उपत्यकाव्यापी अन्तरकलेज फुटसल प्रतियोगिता–२०७५’ को आयोजना गर्ने भएको छ । कलेजको आफ्नै फुटसल खेलमैदानमा सञ्चालन भदौ २१ र २२ गते हुने प्रतियोगतामा राष्ट्रिय परीक्षा बोर्ड ९ल्भ्द्य० अन्तर्गतका २५ वटा कलेजले प्रतिस्पर्धा गर्ने छन् ।

‘लिग कम नकआउट’ का आधारमा खेलाइने प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार पाउने कलेजका एकेडेमिक डाईरेक्टर सुमन बस्नेतले जानकारी दिए । यस्तै उपविजेताले ५० हजार नगद पाउने उनले बताए । उनका अनुसार उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

अन्तरकलेज प्रतियोगिताको रुपमा आयोजना गरिने यस्ता प्रतिस्पर्धाले दक्ष खेलाडीको उत्पादनमा सहयोग पु¥याउने राष्ट्रिय फुटसल कमिटीका संयोजक तथा एन्फा केन्द्रीय सदस्य दावा लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?