+
+

अमेरिकामा पनि मनाइयो गौरा पर्व

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १३:३२

१८ भदौ, अमेरिका । आज गौरा पर्व । नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । मौलिकपन र लोकसंस्कृति बोकेको गौरापर्व बिबिध पूजाआजासहित धुमधामका साथ सोमबार मनाउन लागेको हो ।

नेपालको प्रदेश ७ (सुदूरपश्चिममा)मा मनाइने यो मौलिक पर्व आजभोलि नेपाल बाहिर परदेशमासमेत पनि मनाउन थालिएको छ । विभिन्न कार्यको सिलसिलामा देश छोडी परदेशमा बसिरहेका सुदूरपश्चिमेलीहरुले गौरापर्व परदेशमासमेत मनाउन थालेका छन् ।

पछिल्ला केही वर्षयता विदेशमा समेत सुदूरपश्चिमेलीहरु बाक्लिदैं जान थालेपछि गौरा लगायतका विभिन्न नेपाली पर्वहरु मनाउने क्रम बढ्दै गएको छ ।

यसैबीचमा अमेरिकाको विभिन्न क्षेत्रमा समेत गौरा बिशेष कार्यक्रमहरु आयोजना गरिएका छन् ।

गौरा पर्वको अवसर पारेर अमेरिकाको केन्टकी, न्यूयोर्क, टेक्सास, मेरिल्याण्ड स्टेट लगायतका विभिन्न क्षेत्रमा गौरा बिशेष कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

नेपाल र अमेरिकाबीच १३ घण्टाको समय फरक भएको हुँदा कुनै ठाउँमा आइतवार र कुनै ठाउँमा सोमबार कार्यक्रमहरु आयोजना गरिएका छन् ।

आइतवार (नेपाली समय अनुसार सोमबार बिहान) अमेरिकाको केन्टुकी र न्युर्योकमा रहेका सुपवासीले एक विशेष कार्यक्रम गरी गौरा पर्व धुमधामका साथ मनाएका छन् ।

संस्कृति संरक्षण तथा यसको महत्व विश्वभरी फैलाउने उद्देश्यले गौरा विशेष कार्यक्रम आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

अमेरिकामा पनि सुदूरपश्चिमेलीहरुको संख्या बढ्दै जान थालेपछि यस्ता मौलिक पर्वहरु मनाउने क्रम बढ्दै जान थालेको गौरा कार्यक्रम आयोजक समिति केन्टुकीका संयोजक उद्धवराज उप्रेतीले बताए ।

उनका अनुसार कार्यक्रममा डेउडा खेल खेलिनुका साथै गौराको प्रसाद बिरुडासमेत वितरण गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिमेली बाहेकका अन्य नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।

घरदेशमा हुँदा वर्षौदेखि मनाउँदै आएको गौरापर्व अमेरिका पुगेपछि पनि मनाउन पाउँदा घरमै पुगेको जस्तै अनुभव भएको कार्यक्रममा सहभागी महिला उमादेवी उप्रेतीले बताइन् ।

उता न्यूयोर्कमा तारा धामी र रैभान महराको संयोजकत्वमा सुदूरपश्चिमेली समाज न्यूयोर्कले सम्पन्न गरेको गौरा विशेष कार्यक्रममा समेत शुभकामना आदानप्रदानका साथै गौरा तथा डेउडा नाच प्रर्दशन गरिएको आयोजक समिति सदस्य किसनसिंह धामीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?