Comments Add Comment

बिमस्टेकका पाहुना गए, सडक ‘ढलमग्न’ भए (फोटो फिचर)

१८ भदौ, काठमाडौं । विमस्टेक सम्मेलनका क्रममा सिँगारिएको काठमाडौं फेरि पुरानै स्वरुपमा फर्किन थालेको छ ।

त्यसको उदाहरण हो माइतीघर । वर्षायाममा काठमाडौंका धेरै सडक खाल्डाखुल्डी र हिलाम्ये थियो । तर, त्यसलाई देखे नदेखेको झैं गरेको सरकारले विमस्टेक सम्मेलनका क्रममा जताजता भीआईजी हिँड्ने रुट पर्छ, त्यतात्यतै खाल्डा पुर्दै हिड्यो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्मेलन स्थल होटल सोल्टीसम्म पुग्ने बाटोमा सडक पिच गर्नेदेखि रंगरोगनको काम भयो ।

बिमस्टेकको पाहुना गएपछि सरकारले सबै बिर्सियो । माइतीघर मण्डलामा ढल फुटेर सडकभर बढेको छ । दुई पाग्रे सवारीका साथै पैदलयात्रुलाई समेत अफ्ट्यारो छ ।

तर, खानेपानी तथा ढल निकास विभाग मौन छ । एक हप्तासम्म सडकमा सानो समस्या पर्दा पनि तल्काल समाधान गरिहाल्ने सरकारी अधिकारीहरु सडकमा देखिएनन् ।

पुतलीसडकमा खानेपानीको पाइट फुटेको छ । तर, खानेपानी विभागले मर्मत गरेको छैन ।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटा ढल फुटेर सडकमा बगेका कारण माइतीघरमा गरिएको अस्फाल्ट पिच समेत धेरै नटिक्ने अवस्था आएको बताउँछन् । ‘सडक विभागले मात्रै चाहेर सडक राम्रो हुँदैन । ठाउँ-ठाउँमा ढल र खानेपानीका पाइप फुटिरहेका छन्’ उनले भने, ‘पानी परेपछि यति बाक्लो सवारी चाप भएका स्थानमा पिच टिक्ने कुरै हुँदैन ।’

काठमाडौंका पुतलीसडक, माइतिघर, लैनचौर, चक्रपथ लगायतका स्थानमा ढल र पानीका पाइप फुटेर सडक जलमग्न भएका छन् । अब बिमस्टेक सकिएको कारण तत्कालै यसको मर्मत हुनेमा स्वयम् सडक विभागका अधिकारी नै विश्वस्त छैनन् ।

सडकमा मूल फुटेको देखेपछि एक स्थानीय महिलाले फेसबुकमा लाइभ गरिन् । उनले सरकारले बिमस्टेकका पाहुनाका लागि ‘खातिरदारी’ गरेको भन्दै सम्मेलनपछि सडकमा जे भए पनि फर्केर हेर्दैन भन्ने कुरा यसैबाट स्पष्ट भएको बताइन् ।

हेर्नुस् तस्वीरहरु

 

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

हेर्नुहोस् भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment