+
+
Shares

वाणिज्य बैंकले चाडै ब्रोकर लाइसेन्स लिन्छन् : अध्यक्ष ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १४:४६

१८ भदौं, काठमाडौं । वाणिज्य बैंकहरुलाई यथाशिघ्र ब्रोकर लाइसेन्स लिन पुँजी बजार लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमले आग्रह गरेको छ । सोमबार फोरमका अध्यक्ष अम्बिका पौडेलको नेतृत्वमा बैंकर एशोसिएसनको कार्यालय पुगेको लगानीकर्ताको टोलिले वाणिज्य बैंकहरुलाई यस्तो आग्रह गरेको हो ।

पुँजी बजार विस्तार गर्नका लागि वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मौद्रिक नीतिमा नै व्यवस्था गरिएका कारण यसको उपयोग गर्न बैंकहरुलाई आग्रह गरिएको फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए । ‘मुलुकमा २८ वाणिज्य बैंकमा मुलुकभर २ हजार बढी शाखा सञ्जालहरु छन्’ रौनियारले भने, ‘नीतिगत व्यवस्था भइसकेका कारण बैंकले यसको उपयोग गर्ने हो भने मुलुकभरमा साना तथा ठूला लगानीकर्तालाई धेरै सहज हुनेछ ।’

पुँजी बजारलाई मुलुकभर नै विस्तार गर्न सक्ने भए अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्ने भन्दै बैंकहरुले चाडो ब्रोकर लाइसेन्स लिनु पर्ने उनको भनाई छ ।
भेटमा बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ब्रोकर लाइसेन्स लिन वाणिज्य बैंकहरु तयार रहेको बताए । बैंकले ब्रोकर कारोबार गर्न पाउने नीतिगत व्यवस्था हुनु ज्यादै राम्रो भएको भन्दै अध्यक्ष ढुंगानाले यसको उपयोग चाडै हुने विस्वास दिलाए ।

यसैगरी फोरमले पुँजी बजारमा गरिएको लगानीलाई हाई रिक्समा राखिएको भन्दै पुनर्विचार गर्न आग्रह समेत गरेको छ । पुँजी बजारमा गरिएको लगानीलाई हाइरिक्समा राखी १५० रिक्स वेइटमा राखिएकोमा त्यसलाई तत्काल हाइ रिक्सबाट हटाएर १ सय प्रतिशत निर्धारण गर्ने माग समेत राष्ट्र बैंक समक्ष राख्न एशोसिएसन संघ आग्रह गरिएको छ ।

बैंकर एशोसिएसनका पदाधिकारीहरु भेट्न सोमबार फोरमका अध्यक्ष पौडेल, उपाध्यक्ष रौनियार, कोषाध्यक्ष अञ्जिव तुलाधर, सदस्य अतितलाल श्रेष्ठ लगायतको टोलि एशोसिएसनको कार्यालय पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?