+
+
Shares

नेप्सेमा छायो हरियाली : ५४ करोड बढीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १५:१४

१८ भदौं, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि भएको हो ।

१ हजार १ सय ९० दशमलव ५५ अंकबाट शुरु भएको कारोबार दिउँसो २४ अंकले बढेर १ हजार २ सय १३ अंक भन्दा माथि पुगेको थियो ।

त्यसपछि केहीबेर ओरालो लागेको सेयर बजार कारोबार सकिने बेलामा १ हजार २ सय ६ दशमलव २६ अंकमा पुगेको छ । यस अघि आइतबार नेप्से परिसूचक ८ दशमलव ८९ अंकले बढेको थियो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबारमा समेत उल्लेख्य सुधार आएको छ । दिनभरमा भएका ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार २४ करोड रुपैयाँभन्दा बढी रकमको सेयर कारोबार भएको हो । आइतबार ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?