Comments Add Comment

रोनाल्डो वा मेस्सी होइनन्, २० वर्षे बोल्किया हुन् विश्वकै धनी फुटबलर

१८ भदौ, काठमाडौं । क्रिष्टियानो रोनाल्डो भन्दा २७ गुणा धनी, लिओनल मेस्सीभन्दा ३३ गुणा धनी र नेइमार भन्दा ५० गुणा धनी फुटबलर ? त्यो पनि भर्खर २० वर्ष फुटबलर ? हो, उनको नाम फइक जेफ्रि बोल्किया हो ।

बोल्किया फुटबल खेलेर धनी भएका भने होइनन् । ब्रुनाइका बोल्किया ब्रुनाईको सुलतान परिवारका हुन् । जसको पारिवारिक सम्पत्ति २० बिलियन डलर रहेको बताइन्छ ।

उनका बुबा जेफ्रि बोल्किया २३०० कार, ८ बोइङ विमान, ५ हजार घर, थुप्रै प्यालेजका का मालिक भएको बेलायती सञ्चार माध्यमले जनाएका छन्, जसले आˆनो ५० औं जन्मदिनमा १४ मिलियन युरो खर्च गरेका थिए ।

बोल्किया २००९ मा साउथहृयामटनको एकेडेमीमा थिए । तर, क्लबसँग कुनै सम्झौता भने भएन । २०१३ मा आर्सनल युवा टिममा गएका उनी लायन सिटी कप पनि खेलेका थिए । दुई वर्षको सम्झौतामा २०१४ मा उनी चेल्सी गएका थिए । २०१६ देखि तीन वर्षे सम्झौतामा उनी लिसेस्टरमा छन् । तर, उनले पि्रमियर लिग खेलेका छैनन् । उनी त्यो अवसरको पर्खाइमा छन् ।

२०१३ मा नै ब्रुनाइको यू-१९ टिममा खेलेका उनी २०१८ मा यू-२१, यू २३ हुँदै राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् । धनाड्य परिवारमा जन्मिएका बाबु जस्तो विलाशी जीवनको पक्षमा छैनन्, एक सफल फुटबलर बन्ने प्रयासमा छन् । ‘मैले बुझ्ने भएदेखि फुटबलमै माइरहेको छु ।

हरेक पटक बाहिर निस्किएर फुटबल खेल्न मलाई रमाइलो लाग्छ’ एक अन्तर्वार्तामा बोल्कियाले भनेका छन्, ‘परिवारले पनि फुटबलर बन्न सहयोग गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment