+
+
Shares

रकम अभावमा बिश्वकर्मा मन्दिर निर्माण अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १६:२३

१८ भदौ, गोरखा । गाउँ नजिकै बिश्वकर्मा मन्दिर निर्माण गर्ने गोरखा नगरपालिका-३ का दलित समुदायको सपना अपुरो भएको छ ।

स्थानीयबाट संकलन गरिएको केही रकमले काम सुरु गरेपनि आर्थिक अभावमा निर्माण कार्य अहिले अलपत्र छ ।

०६५ साल मंसिर २० गते गोनपा-३ को तल्लो आहालेमा बस दुर्घटना भएको थियो । दुर्घटनामा परी ६ जनाको मृत्युसमेत भयो ।

आगामी दिनमा दुर्घटना नहोस् भन्ने कामना गर्दै सोही स्थानमा २०६६ सालमा दलित समुदायको अग्रसरतामा मन्दिर निर्माण कार्य सुरु गरिएको गियो ।

०६७ सालको दशैमा धुमधामले मन्दिरमै बिश्वकर्मा पूजा गर्ने स्थानीयहरुको सपना भने अहिलेसम्म पुरा हुन सकेको छैन । ‘स्थानीय र आफन्त सँग केही रकम जुटाएर मन्दिर निर्माणको काम सुरु गर्‍यौ,’ स्थानीय दिपक बाबु बिश्वकर्माले भने, ‘निर्माण अघि त सहयोग गर्छु भनेर धेरैको आश्वासन पायौ तर सहयोग भने गरेनन् ।’

रकम अभावकै कारण अहिले मन्दिर निर्माण कार्य अलपत्र परेको उनले बताए । मन्दिर निर्माणका लागि करिब डेढ लाख स्थानीयले संकलन गरेका थिए । सँगै श्रमदान पनि ।

तर, अहिले मन्दिरको पिलर मात्र ठडिएको छ । आर्थिक अभावका कारण मन्दिरको संरचना तयार हुन सकेको छैन ।

रकम अभाव भएपछि स्थानीयले तत्कालिन समयमा गाविसमा पनि हारगुहार गरे । तर मठमन्दिरमा सहयोग गर्न मिल्दैन गाविस पन्छिएको विश्कर्मा बताउछन् । ‘चुनावका बेला भोट माग्न आउँदा मुखले सहयोग गर्ने त कति भए भए तर पछि वास्ता गरेनन्,’ स्थानीय आइतराम विश्वकर्माले भने ।

मन्दिर निर्माणका लागि बिभिन्न संघसंस्थालाई अपिल गरेपनि सहयोग नगरेको स्थानीयको गुनासो छ । ‘दलितले बनाउन लागेको मन्दिर भनेर सहयोग नगरेका होलान् तर मन्दिर त सबैको साँझा हो नि, सवैले पुजा गर्न मिल्छ,’ दिपकले भने ।

अलपत्र परेको मन्दिर निर्माण कार्य सम्पन्न गर्न करिव पाँच लाख लाग्ने अनुमान गरिएको छ । यसका लागी सहयोगको अपेक्षामा स्थानीयहरु छन् । ‘बजार नजिकै रहेको ठाउँ, बजार आसपास पनि बिश्वकर्माको मन्दिर छैन, यहा मन्दिर बनायो भने पूजाआजाका लागि सहज पनि हुन्छ,’ विश्वकर्माले भने ।

वडा कार्यालयले मन्दिर निर्माणमा सहयोग नगरेको स्थानीयको गुनासो छ । अलपत्र परेको मन्दिर निर्माणका लागी उनीहरु सहयोगको खोजीमा भौतारिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?