१८ भदौ, काठमाडौं । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रियल मड्रिडबाट आएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई इटालियन फुटबलमा समायोजन हुन समय लागिरहेको बताएका छन् ।
सिरी ‘ए’मा युभेन्टसले पहिलो तीन खेलमा भेरोना, लाजियो र पार्मालाई हराए पनि रोनाल्डोले गोलको खाता खोल्न सकेका छैनन् । उनले तीन खेलमा २३ प्रहार गरे पनि गोल भने हुन नसकेको हो ।
‘रोनाल्डोले राम्रो गरिरहेका छन् । इटालीमा फुटबल सहज छैन । यहाँ एक सिजनमा ४० गोल गर्न गाह्रो छ’ प्रशिक्षक एलेग्रीले भने ।
३३ वर्षका रोनाल्डोले रियल मड्रिडमा रहँदा ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए । साथै ला लिगमा उनले पछिल्लो पटक खेेलेका १० खेलमा १८ गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4