+
+
Shares

तेइस देशका सैन्य अधिकृत काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १७:१२

१८ भदौ, काठमाडौं । सैनिक इन्टेलिजेन्स क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुन एसिया प्यासिफिक क्षेत्रका २३ देशका सैनिक अधिकृतहरू काठमाडौं आएका छन् ।

सोमबार शुरु भएको एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्समा १०३ अधिकृत सहभागी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

रणनैतिक सुरक्षा चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाली सेना र युएस इन्डो-प्यासिफिक कमाण्ड डाइरोक्टोरेट अफ इन्टेलिजेन्सद्वारा संयुक्त रुपमा आयोजित तीन दिने सम्मेलन कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उदघाटन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?