+
+
Shares

पोखरीमा डुबेर वीरगञ्जमा २ बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते १०:३२

२० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई स्कुले बालकको मृत्यु भएको छ ।

स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेलको मृत्यु भएको हो ।

बालकद्वयको शव बिहान स्थानीय सुकेश पटेलको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक अरविन्दकुमार साहले जानकारी दिए ।

वीरगञ्जको राधेमाईमा रहेको साउथ जोन स्कुलमा अध्ययनरत नितेश र स्थानीय राम सुरत मावि रामगढवामा अध्ययनरत सुदर्शन मंगलबार अपराह्न गर्मी छल्न पोखरीमा पौडी खेल्न गएको र त्यही बेलामा डुबेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

उनीहरु दुवैजना अबेर रातिसम्म घर नपुगेपछि परिवारका सदस्यले खोजी शुरु गरेका थिए ।

दुवैको शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?