Comments Add Comment

गोरखामा स्कुल उद्घाटन गर्न सँगै पुगे पारस र हिमानी

२१ भदौ, गोरखा । पूर्वराजपरिवारका सदस्यहरुलाई औपचारिक कार्यक्रममा आजभोलि बिरलै देख्न पाइन्छ । तर, बिहीबार गोरखाको पालुङटार नगरपालिका-५ ठाटीपोखरीमा पूर्वराजपरिवारका अधिकांश सदस्यहरु एकै साथ देखिए ।

पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एउटै मन्चमा थिए । सँगै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंह, धिरेन्ऽकी छोरी दिलासा र सितास्मा शाह पनि थिए ।

हिमानी ट्रष्ट र बुद्धिष्ट अर्गनाइजेशन जोडो सुद्वारा निर्मित भवानी माध्यामिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा सहभागी हुन उनीहरु पालुङटारको ठाटीपोखरी आएका हुन् ।

कार्यक्रममा सहभागी हुन पूर्वरानी कोमल र युवराज्ञी हिमानी बुधवार नै मुग्लिङ आएर बसेका थिए । तर पूर्वयुवराज पारससहित पूर्वराजपरिवारका केही सदस्यहरु भने फिस्टेल हेलिकप्टरबाट बिहीबार बिहान मात्रै पालुङटार ओर्लेका थिए ।

बिहान करिब ८ बजे नैै पालुङटार आइपुगेका पारसले स्थानीयहरुसँग भेटघाट र अन्तरक्रिया गर्नसमेत भ्याए । पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीको आगमनपछि भवन उद्घाटनको औपचारिक कार्यक्रममा सहभागी हुन उनीहरु विद्यालयमा पुगेका थिए ।

लामो समय पश्चात पूर्वयुवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाहलाई एउटै मन्चमासँगै देख्दा कार्यक्रमका सहभागीहरु दंग थिए ।

दुईजना बीचको सम्बन्ध चिसिएको हल्ला सुनेका उनीहरु पारस र हिमानी बीच बोलचाल हुन्छ वा हुँदैन भन्दै नियाली रहेका थिए । तर, मञ्चमा उनीहरु बीच कुराकानी भने भएन ।

केही समय पश्चात कार्यक्रम उद्घोषकले पूर्वरानी कोमललाई विद्यालयको नवनिर्मित भवन औपचारिक रुपमा उद्घाटन गर्न आग्रह गरे ।

आग्रहलार्इ स्वीकार गर्दै उनी विद्यालय भवनतर्फ लागिन् । उनीसँगै पारस, हिमानी र अन्य पूर्वराजपरिवारका सदस्यहरु पनि उतै लागे ।

हिमानी ट्रष्ट र बुद्धिष्ट अर्गनाइजेशनले निर्माण गरिदिएको विद्यालय भवन

रिवन काटेर भवनको उद्घाटन पश्चात भवनका कोठाहरु निरीक्षण गर्नतर्फ उनीहरु व्यस्त भए । निरीक्षणकै क्रममा एक्कासी पारस र हिमानी एक अर्कालाई हेरेर मुस्कुराए । अनि केही वार्तालाप गरेजस्तो पनि गरे ।

भूकम्पले भवन क्षती पुगेपछि उक्त विद्यालयमा कुल चार करोड ९५ लाखको लागतमा आठ कोठे नयाँ भवन निर्माण गरिएको हो ।

उक्त भवनको २०७३ मंसिर १९ गते शिलन्यास गरिएको थियो । टहरामा कक्षा संचालन गर्दे आएको विद्यालयलार्इ भवन बनेसँगै पठनपाठनमा सहज हुने प्रधानाध्यापक ओझराज गिरीले बताए ।

उनीहरुबाट थप आठ कोठे नयाँ भवन निर्माण गरिदिने सम्झौता भएको उनले जानकारी दिए । भवन उद्घाटन पश्चात पूर्वराजपरिवारका सदस्यहरु आजै काठमाडौ फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment