+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
३९ बलमा ५७ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
73/4 (13.3)
Shares

भुटानविरुद्ध नेपालको शानदार जित, सुनील बल चम्किए

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते २:००

२१ भदौ, बंगलादेश । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो ।

खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

पाकिस्तानसँगको पहिलो खेलमा दोस्रो हाफमा मात्रै अवसर पाएका सुनीललाई प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्ध सुरुवाती ११ मै राखेका थिए । जसमा सुनिल प्लेमेकरका रुपमा देखिए । मिडफिल्डमा उनको भूमिका निकै प्रभावकारी थियो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्‍याए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए ।

नेपालले भुटानको पोस्टमा गरेका २८ प्रहारमा १३ प्रहार पोस्टको दिशामा थिए । भुटानले गरेको ८ प्रहारमा २ प्रहार मात्रै सही दिशामा थियो ।
खेलमा ६३ प्रतिशत समय बलमा नियन्त्रण बनाएको नेपालको भुटानको तुलनामा पास एक्युरेसी पनि राम्रो थियो । नेपालमा १३ कर्नर किक प्रहार गर्‍यो भने भुटानले ४ कर्नर पाएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?