Comments Add Comment

मानवअधिकार आयोगले भन्यो-निर्मला हत्याको अनुसन्धानमा व्यापक त्रुटी

२१ भदौ, कञ्चनपुर । राष्ट्रिय मानवअधिकार आयोगले को भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ ।

भीमदत्तनगरमा बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी-प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको बताइन् । ‘जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन’ उनले भनिन्, ‘घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।’

आयोग टोलीले कञ्चनपुरमै पुगेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमन गरेको छ । आयोगको टोलीले पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट गरेको प्रवक्ता अन्सारीले जानकारी दिइन् ।

आयोगले प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था, घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै उच्चस्तरीय छानबिन टोलीसित समेत छलफल गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा शुरुआती अवस्थामा नै प्रहरीको अनुसन्धान प्रक्रियासङ्गत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment