+
+
Shares

मधुमेहमा किन हुन्छ हृदयघात र स्ट्रोकको जोखिम ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २३ गते ११:०४

अहिले धेरैले भोगिरहेको समस्या हो, मधुमेह । खराब खानपान र जीवनशैलीको कारण मधुमेहले धेरैलाई गाँजेको छ । मधुमेह, जसलाई नियन्त्रण गरिएन भने त्यसले मुटुमा असर पुर्‍याउन सक्छ । त्यही समस्याको कारण हृदयाघात तथा स्टोक हुने खतरा उच्च हुन्छ । यसबाहेक, मधुमेहका विरामीलाई उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोलका कारण मुटु सम्बन्धि अन्य रोग लागेर हृदाघात तथा स्ट्रोक हुने खतरा पनि उच्च हुने गर्छ ।

त्यसैले, मधुमेहका रोगीहरुले आˆनो रगतमा चिनीको मात्रालाई नियन्त्रण गरेर मुटुलाई त स्वस्थ राख्न सक्छन् नै । उच्च रक्तचाप र कोलेस्ट्रोललाई समेत बढ्नबाट रोक्न सक्दछन् ।

मधुमेहको मुटु रोग र स्ट्रोकसितको सम्बन्ध  ?

रगतमा चिनीको मात्रा बढेमा यसले मुटुलाई नियन्त्रित गर्ने नशा, रक्तवाहिनी तथा मुटुको धमनीमा समेत क्षति पुर्‍याउँछ । त्यसैले, जति लामो समय व्यक्तिलाई मधुमेहले सताउँछ, त्यति नै उनीहरुमा मुटु सम्बन्धि रोग लाग्ने सम्भावना धेरै हुने गर्छ ।

विभिन्न अध्ययनहरुले जनाए अनुसार मधुमेहका विरामीलाई साधारण विरामीको तुलनामा कम उमेरमा नै मुटु सम्बन्धि रोग लाग्न सक्छ ।  जसका कारण मधुमेहका विरामीको मृत्यु हुुनुको सामान्य कारण हृदयाघात वा स्ट्रोक नै हुने गर्छ । उनीहरुमा हृदयाघात वा स्ट्रोक हुने सम्भावना साधारण विरामीको तुलनामा दोब्बर हुने गर्छ ।

यी कारणले पनि बढ्न सक्छ  हृदयाघात वा स्ट्रोकको जोखिम ?

समयमै ध्यान नदिएको खण्डमा मधुमेहका विरामीहरुमा यी कारणले पनि मुटु सम्बन्धि रोग लाग्ने तथा स्ट्रोक हुने सम्भावना बढी हुने गर्छ ।

धुमपान

धुमपानले पनि मधुमेहका विरामीमा मुटु रोगको सम्भावना बढाउने गर्छ । धुमपानले पनि मधुमेहले जस्तै रक्त बाहिनीलाई संकुचित बनाउने गर्छ । यसले मुटुका साथै  खुट्टाको रक्त बाहिनीलाई समेत असर  पुर्‍याई पैतालामा संक्रमण तथा अल्सरको खतरा बढाउन सक्छ । त्यतिमात्र हैन, धुमपानले फोक्सोमा असर गरी फोक्सोको समेत समस्या बढाउने हुदाँ मधुमेहका विरामीले धुमपान रोक्न जरुरी छ ।

उच्च रक्तचाप

मधुमेहका विरामीलाई उच्च रक्तचापको समेत समस्या भएमा विशेष सजगता अपनाउन जरुरी छ । किनकी उच्च रक्तचापका कारण मुटुलाई रगत पम्प गर्न कठिन हुने गर्छ । जसका कारण  हृदउाघात, स्ट्रोक लगायतका, मिगौला तथा आँखा सम्बन्धि समस्या हुने सम्भावना उच्च हुने गर्छ ।

कोलेस्ट्रोल लेभल

कलेजोबाट उत्पन्न हुने एक प्रकारको बोसोलाई नै कोलेस्ट्रोल भन्ने गरिन्छ । कोलेस्ट्रोल रगतमा पाइने गर्छ । सामान्यतया रगतमा दुई प्रकारका कोलेस्ट्रोल हुन्छ, एलडीएल र एचडीएल ।

एलडीएल कोलेस्ट्रोललाई खराब कोलेस्ट्रोल पनि भन्ने गरिन्छ । यसले रक्त बाहिनीलाई जाम गर्नुका साथै रोक लगाउन सक्छ । रगतमा एलडीएल कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु् रोग हुने सम्भावना उच्च हुने गर्छ । त्यसबाहेक, रगतमा पाइने ट्राइग्लिसराइड्स नामक चिल्लोका कारण पनि हृदय रोग हुने  खतरा उच्च हुने गर्छ ।

मोटोपना, पेटमा जमेको बोसो

मोटोपना वा अनियन्त्रित तौलका कारण मधुमेह नियन्त्रण गर्नमा कठिनाई हुने गर्छ । जसका कारण उच्च रक्तचाप, मुटु रोग लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तने गर्छ । त्यस्तै, अनियन्त्रित तौल भएकाहरुले तौललाई नियन्त्रण गर्ने क्रममा कम क्यालोरीयुक्त खानेकुराको सेवन गर्दा रगतमा ग्लूकोजको स्तर कम गरिदिन्छ जसका कारण औषधीहरुको समेत खासै जरुरत पर्दैन ।

तर कम तौल भइकन पनि कम्मर वरिवरि वोसोको मात्रा धेरै हुनेहरुमा भने मुटु सम्बन्धि रोग लाग्ने खतरा उच्च हुने गर्छ । तर कम्मरमा  ज्यादा वोसो छ भन्ने कसरी थाहा पाउने ?

-पुरुषको हकमा कम्मरको आकार ४० इन्च भन्दा बढी भएमा

-महिलाको हकमा कम्मरको आकार ३५ इन्च भन्दा बढी भएमा

परिवारमा हृदयाघात भएमा पनि मधुमेहका विरामीलाई स्ट्रोक तथा हृदयाघातको जोखिम उच्च हुन्छ

परिवारका सदस्यलाई मुटु सम्बन्धि रोग भएमा पनि मधुमेहका विरामीलाई हृदयाघात हुने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, परिवारका कुनै सदस्यलाई ५० वर्ष नपुग्दै हृदयाघात भएको छ भने पनि उनीहरुबाट जन्मने सन्तानलाई पनि हृदयाघात हुने सम्भावना उच्च भएकोले यो समस्यालाई रोक्नै त सकिदैन । तर, मधुमेहका विरामीले विशेष सावधानी अपनाएर पनि स्ट्रोक तथा हृदयाघातको जोखिमलाई कम गर्न सक्दछन् । जुन यस प्रकार छ ः

स्ट्रोक तथा हृदयाघातको जोखिम कम गर्ने उपाय ?

मुटुलाई स्वस्थ राख्न पनि मधुमेहलाई नियन्त्रणमा राख्न जरुरी छ । र, मधुमेहलाई नियन्त्रणमा राख्न यी उपाय अपनाउन जरुरी छ ।

एबीसी व्यवस्थित गर्ने

मधुमेहमा एबीसिको विशेष महत्व हुन्छ  । यसलाई बुझेको खण्डमा मात्र पनि उच्च कोलेस्ट्रोल तथा उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै, धुमपान त्यागेर पनि मधुमेधहलाई नियन्त्रित गर्न सकिन्छ ।

मधुमेहमा ए

मधुमेहमा ए को मतलव हो एवान् सी परीक्षण । मधुमेहका विरामीले प्रतयेक तीन महिनामा एचबीएवान् सी परीक्षण गरेको खण्डमा रगतमा चिनीको मात्रा पत्ता लगाउन सकिन्छ । मधुमेहका विरामीहरुका लागि एवान्सी लक्ष्य सात प्रतिशत भन्दा कम छ ।

बी अर्थात व्लड प्रेशर (उच्च रक्तचाप)

मधुमेहका विरामीहरुमा रक्तचाप १४०/९० एमएमएचजी हुन आवश्यक छ ।

सी अर्थात कोलेस्ट्रोल

रगतमा दुई किमिसको कोलेस्ट्रोल हुन्छ । एउटा राम्रो कोलेस्ट्रोल र अर्को खराब कोलेस्ट्रोल । खराब कोलेस्ट्रोलका कारण रक्तधमनी जाम वा व्लक हुनसक्छ । यसका कराण हृदयाघात तथा स्ट्रोक हुने सम्भावना पनि उच्च हुने गर्छ । जबकी राम्रो कोलेस्ट्रोलले रगतमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्न सहायता प्रदान गर्छ ।

मधुमेहका विरामीले मुटु रोगबाट बच्नका लागि कस्तो जीवनशैली अपनाउने ?

मधुमेहका विरामीले मुटु रोग लाग्नबाट बच्न सबैभन्दा पहिले स्वस्थ जीवनशैली अपनाउन जरुरी छ । स्वस्थ जीवनशैली अपनाएको खण्डमा मात्र पनि मधुमेहलाई नियन्त्रित गरी मुटु सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ ।

-स्वस्थ तथा ताजा खानेकुरा सेवन गर्ने

-समय समयमा खाने

-नियमित व्यायाम गर्ने

-वजन कम गर्ने

-पर्याप्त मात्रामा सुत्ने

त्यसबाहेक, तनावलाई कम गरेर तथा रीसलाई नियन्त्रण गरेर मधुमेहमा हृदयाघातको जोखिमलाई कम गर्न सकिन्छ । किनकी मधुमेह भएमा मासिनलाई अक्सर तनाव हुने गर्छ । त्यस्तै , व्यक्ति निराश हुनुका साथै रीसाउने गर्छ । जुन सामान्य पनि हो । तर त्यही तनाव तथा रीसका कारण रक्तचाप बढेर  मुटुमा  समस्या निम्त्याई हृदयाघात हुने जोखिम बढ्ने गर्छ । त्यसले यसलाई नियन्त्रित गर्नका लागि पनि लामो लामो सास लिने, विहान विहान हिड्ने, योग तथा ध्यान गर्न सकिन्छ ।

त्यस्तै, मधुमेह, तथा उच्च रक्तचापलाई नियन्त्रित गर्ने औषधीको सेवन  गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ । सामान्यतया मधुमेहमा हृदयाघात तथा स्ट्रोक भएमा यी संकेत देखा पर्दछ ।

हृदयाघात र स्ट्रोकको चेतावनी संकेत

मुटु रोग भएका मानिसलाई यस्तो संकेत देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

-छातीमा दवाव महसुस भएमा वा छाती बेस्सरी दुखेमा

-काध, बंगारा वा गर्दनमा असहनीय पिडा भएमा

-सास लिनमा कठिनाई भएमा

-पसिना आएमा

-हल्का टाउको दुखेमा

-अपच वा  वाकवाकी लाग्ने समस्या भएमा

-थकान महसुस भएमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?