Comments Add Comment

गर्भवती नेहाले बच्चा नजन्माएसम्म ब्रेक नलिने

बलिउड अभिनेत्री नेहा धुपिया अहिले गर्भवती छिन् । उनले केही दिन अगाडि यसको औपचारिक घोषणा गरेकी थिइन् । त्यसो त नेहाले विवाह अगाडि नै पेट बोकेकी हुन् । गर्भ बस्नासाथ हतारमा उनले प्रेमी अंगद बेदीसँग बिहे गरेकी थिइन् । अहिले उनको पेट निकै ठूलो भइसकेको छ । यतिबेला उनी बढिभन्दा बढि रेस्टमा बस्नुपर्ने हो । तर, उनको व्यस्तता घटेको छैन । उनी पेट हल्लाउँदै जुनसुकै कार्यक्रममा पनि पुगिरहेकी हुन्छिन् ।

नेहा हालै आफ्नो ठूलो भुँडीमा स्किन टाइट लुगा लगाएर ¥याम्पमा उत्रिइन् । साथै उनले आफ्नो च्याट शो पनि रोकेकी छैनन् । बच्चा जन्माउनु अघिसम्म आफू काम गर्न नछोड्ने नेहाले आफ्ना निकटस्थहरुलाई बताउने गरेकी छन् । बच्चा जन्माएपछि भने केही समय ब्रेक लिने उनको तयारी छ । श्रीमानले उनलाई ब्रेक लिन दवाव दिए पनि उनले मानेकी छैनन् ।

नेहाको च्याट शो ‘नो फिल्टर’ निकै चर्चित छ । उनी अब यसको तेस्रो सिजन लिएर आउने तयारीमा छिन् । यसको केही भाग सुटिङ भइसकेको छ । उनले पहिलो एपिसोडमा आयूष्मान खुरानालाई बोलाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment