1. ताजा अपडेट
Comments Add Comment
nepalibabu
२०७५ भदौ ३१ गते ११:२२
१) डि एस पि ठुलो कि वडा अध्यक्ष ???.... = डि एस पि (राजपत्रान्कित पद हो अनी २४ घन्टे डिउटी छ उस्को ) २) मुम्बईको वडा अध्यक्ष र काठमाडौंको सुबिधा = पहिला काम गरेर देखाओ र साइरनभाको गाडी चाँही आँफै किन ... कस्तो सुबिधाभोगी अनी अहम मानसिकता .... सुबिधाको लागि चुनाव लडेको हो भने रजिनामा दे हुन्छ । अर्को आउछ काम गर्ने !!
Ranipokhari
२०७५ भदौ २९ गते १७:१२
Timiharu lai GEDA? garnu kei china jimu ho
shyam
२०७५ भदौ २९ गते १४:१२
मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, काठमाडौंलाई के ? lets start to product a mercediz benz ca company in nepal. 1-1 bench car will be provided to them !!
satyaraj b k
२०७५ भदौ २७ गते १३:१४
yo mumbai hoina vannekura hami nepalile bujnu parxa ra aafno gharko pitho dhido je xa tehi khayera bachna sikknuparxa
Saulen shilpakar
२०७५ भदौ २७ गते १२:५१
Netherland ka pradhanmantri cycle chadhne kura that's chha ki nai yo wodadhyekshye
BARACL OSAMA
२०७५ भदौ २७ गते १२:४८
ABA K GADAFI KO JASTAI VIRGIN GUARD PANI CHAINXA CHADAI INHARULAI.
JUNGE THAPA
२०७५ भदौ २७ गते १२:२५
HAJUR LAI HELICOPTER KI BOING? NABHAYE PRIVATE PLANE? KAGAJ KO BANAYERA DIUNLA SIREN KE HUNK NAI RAKHI DIUNLA TYO PANI KAGAJ MAI. YOU DESERVE IT. GET READY FOR IT..... KAM KURO EAKA TIRA KUMLO BOKI THIMI TIRA SIRON BALA GADI, KTM VALLEY MA PRIVATE GADI KO DUNGUR LAGEKO CHHA, KASRAI HATAYERA POLLUTION GHATAUNE SOCH HAIN KI, GADI CHAHIYO, ULTAI MATI ULTAI GATI........
The Don
२०७५ भदौ २७ गते १०:३८
Bayal Gadi Thik Huncha
up
२०७५ भदौ २७ गते १०:१६
MUMBAI MAHANAGAR KO ANNUA BUDGET BHARU 530 ARAB CHHA. WORLD KO 22TH RIHCEST C
dhal bahadur khadka
२०७५ भदौ २७ गते ९:२८
मुम्बई भन्दा आधा मात्र विकास गर अनि साइरनको कुरा गर्नु ,अर्को तलब खाने भए लोकसेवा दिएर जागिर खाउ नत्र तलब किन अन्य ठाउको तुलना गर्दा सेवा सुबिधाको कुरा गर्दा काम कर्तब्य पनि बिर्सनु भएन महासय
narottam bista
२०७५ भदौ २७ गते ७:२५
may be other country person get chance to rifle for security, then we also give chance to give him rifle? i disappointed with online news and news express.
Tara Bashyal
२०७५ भदौ २७ गते ६:४९
Kathamanu lai pani Mumbai jastai Sahar Banau ta Wada President jyu Ani balla kura gara "Sairan Wala" Gadi KO.yestai mand buddhi ka Neta haru huda nai samsya bhako Desh ma.Sabai Luti khan khojne Netaharu.
ram jane
२०७५ भदौ २७ गते १:३४
Wahiyaat !! why don't you look little further than mumbai. maybe western countries.....where even parliament member doesn't get security guard most of the time. Mumbai is full of gangsters and goons........but kathmandu doesn't need such security........Baru mahina ko 20 liter petrol bike ma halna lai ra basic officer equivalent salary samma mageko bhaa pachthiyo ki...........
रोशन अर्याल
२०७५ भदौ २६ गते २३:०२
कस्तो दरिद्र शोच ! जनताको सेवा गर्न भनेर आएका हुन कि देश र जनतालाई लुट्न आएका हुन, यिनलाई जति सेवा, सुविधा भएपनि नपुग्ने ? जब सम्म राजनीतिमा मान्छेहरु कमाउने सोच लिएर आउँछन र जनताहरुले त्यस्ता सोच भएकालाई चुनाव जिताउँछन, तब सम्म यो देश र आम देशवासी दरिद्र नै रहन्छन । देशको दुर्दशाका लागि जति यस्ता फटाहा जनप्रतिनिधि जिम्मेदार छन, तिनीहरुलाई मत दिएर जिताउने जनता पनि त्यत्तिकै जिम्मेदार छन ।
T. Tulachan
२०७५ भदौ २६ गते २२:१८
मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, काठमाडौंलाई के ? दुइवता खुत्ता! जनताका सेवागर, सामाजिक शुरुक्क्ष्या, स्वास्थे, शिक क्ष्यार बिकाश का काम मा परिपुर्ण हुनुहोस अनि मात्र
Sadu
२०७५ भदौ २६ गते २२:०५
kaam saam kei chaina, yeslai aailae nai siren wala gadi ra guard chaiyo? Yo pani herna paryo ki Mumbai ko Woda adakhsya le Mumbai kasto banayeka chan, ra kathmandu ko woda adakhsya le k gareka chan? Yi sab kaam garna aaka hun ki Bilasi jindagi jiuna?
Shankar Khatiwada
२०७५ भदौ २६ गते १९:०८
जनप्रतिनिधिको कुरा यस्तो । मुम्बइको वडाको क्षेत्रफल र जनघनत्व पनि राखिदिनुभएको भए तुलना गर्न सजिलो हुन्थ्यो । अर्को कुरो, साइरन बत्ती त भारतका प्रधान मन्त्रीले पनि हटाइसके । तपाईको कुरा सुनेर Kolkata को Tipu Sultan Masjid का Shahi Imam Barkati को सम्झना अायो । गूगल गरेर हेर्नुहोला ।
Karbir
२०७५ भदौ २६ गते १५:२०
A BIG GHANTA.......You suckers have been elected as you promised to serve the people. Where is your fucking service so far ? Where fuck Bidhya sundar go hidding ?
janta
२०७५ भदौ २६ गते १४:५५
kam kuro yeka tira kumlo boki thimi thira bhane jhai . yesko ko tole ko bikash ko kuro chiana yesta juga lai khali subida siran wala ghadi ma kina bans ko khat ma 4 jana le bokera yatra garayeni huncha ...........
Anonymous
२०७५ भदौ २६ गते १४:४०
Subidha Khojnu ramro ho, tara sarva pratham hamile afulai nai hernuparcha. Aru desh lai dajera hudaina. Aru garib desh pani holan jaha tapai jattiko subidha pani chaina hola. Kunai desh ma helicopter nai delan, ani tyo chaiyo vanera huncha ra? Tyo sewa ra subidha ko kunai prayojan hunu paryo? Janta lai sewa garda ramro desh haru ko udaharan dinu paryo ani afule pani sake ko ramro garnu paryo. Sewa subidha nai thupro chaine? hami afai ramro vayera, arule udaharan dine kam garda ramro hola.
Sadhu Ram
२०७५ भदौ २६ गते १४:२२
Sahi kura ho. DSP bhanda ward ko head mathi hunchu parcha, ward ko kura ko lagi. Nakali sukumbasi lai nikalnu paryo ani Kathmandu dhari open space bananu paryo. Tespachi dhari maya & asirbad paencha jeslay rajneti ma faida hula. Gadi ko matlab na garnus.
Manjita Gurung
२०७५ भदौ २६ गते १४:१५
काम पनि राम्रो गर्नु पर्छ, सबैको मनमा बस्न सक्ने गरी । र काम गरे अनुसारको सेवा सुबिधा पनि पाउनुपर्छ । सेवा गर्नु आफैमा धेरै राम्रो हो तर आफु नै बाच्न सकिदैन भने अरुलाई कसरी सेवा गर्ने । त्यसैले आफु पनि बाचौ, अरुलाई पनि बचाऔ । काम पनि गरौ, सोही अनुसारको सेवा पनि लिऔ ।
Aadhar Rijal
२०७५ भदौ २६ गते १४:१३
सुविधा मात्रै तुलना गरेर भएन काम पनि तुलना गर ।
MAHESH
२०७५ भदौ २६ गते १४:१३
TIMLAI JUTTAKO MALA ANI GALAMA THAPPAD.BIKASH KHAI?
Ramesh
२०७५ भदौ २६ गते १४:०५
Afno saharlai pani mumbai ko istarma puryaunoos na adakche jiu so sarahako subida paihalnoohunchani ki kaso ...
Avas Upadhyay
२०७५ भदौ २६ गते १३:३३
मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, काठमाडौंलाई के ? Kathmandu lai harek angle Mumbai jasto banaunus ani साइरनवाला गाडी matra hoina, HELICOPTER nai chadhnus, hunna ra?
Pradeep
२०७५ भदौ २६ गते १३:१९
अबो हतार हतार योजना र कुरा नबुझी मुलुक मा संघीयता लगाहेर हो येस्तो परिणाम भाको! अरुको मुलुकमा फलना धिस्कना हुन्छ हाम्रो मा किन हुदैन भन्देही गुनासो पोख्देहि बस अबो!
scorpion
२०७५ भदौ २६ गते १३:१५
...yestai neta haru le desh bigareko xan...desh ko lagi kehi garne haina...sewa subida gadi paisa matra chahine haru....
Khammba Sing Darlami Magar
२०७५ भदौ २६ गते १२:५९
1. The Mayor of London's salary is 2 Karor 14 Lakhs 35 Thousand Rupees ( £143,911) per year, which is similar to a British minister, and they work as "Value for Money"
James
२०७५ भदौ २६ गते १२:५४
पहिला पिडित जनता को सेवा र काम गर अनि मर्यादाक्रम खोज। , काम राम्रो गरे मार्यादा क्रम त्यसै माथि आउछ । र राजनितिक भनेको नितान्त समाजिक सेवा हो यसमा नि तलव को कुरा गर्ने?? तलव नै चाहेको हो भन्ने सरकारि जागिर मा गए भैहाल्छ नि। राजनितिक मा आएर त्यतिकै सेवा गर्छु भन्ने कति छन कति त्यस्ता लाइ मौका देउ।

मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, काठमाडौंलाई के ?

'वडालाई महानगरबाट विभेद भयो, डीएसपी ठूलो कि वडाध्यक्ष ?

२६ भदौ, काठमाडौं । देशको केन्द्रीय राजधानीमा अवस्थित काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरु यतिबेला के गरिरहेका होलान् ? हामीलाई स्थानीय तहका जनप्रतिनिधिको हालखबर बुझ्न मन लाग्यो । र, हामी काठमाडौंको १० नम्बर वडा कार्यालयभित्र छिर्‍यौं ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन् रामकुमार केसी । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । स्थानीय बासिन्दासमेत रहेका केसीसँग समय मागेर कुरा गर्न थापागाउँस्थित वडा कार्यालयको भुँई तलामा पुग्दा ज्येष्ठ नागरिकहरु मासिक भत्ताका लागि खाता-पाता मिलाउँदै थिए ।

माथिल्लो तलामा उक्लिँदा कोठा नम्बर २०३ मा वडाअध्यक्ष केसी वडाबासीहरुसँग छलफल गरिरहेको अवस्थामा भेटिए । वडाध्यक्षको कार्यकक्षमा रहेको कम्युटरमा नवजडित सीसी क्यामेराका फुटेजहरु देख्न पाइयो ।

खै, सिंहदरबार कहाँ आयो ?

वडाध्यक्ष केसीसँग हामीले महानगरमा निर्वाचित भएपछि के-के काम गर्नुभयो भनेर सोध्ने विचार गरेका थियौं । स्थानीय तहमा काम गर्दा जनप्रतिनिधिले के कस्ता कठिनाइ र समस्याहरु भोगिरहनुपरेको छ भन्ने विषयमा जान्ने र आम पाठकसम्म पुर्‍याउने हाम्रो उद्देश्य थियो ।

आफू नागरिक अगुवासमेत भएको हुनाले वडाबासीहरुसँग भिजेको भन्दै केसीले काम गर्न असहज नरहेको बताए । तर, उनले केही गुनासाका पोका पनि फुकाए ।

सिंहदरबारबाट खासै टाढा नरहेको वडा कार्यालयमा भेटिएका केसीले गरेको पहिलो गुनासो के थियो भने सिंहदरबारको अधिकार गाउँटोलमा खै आएकाे ?

संघीयताले सिंहदरबारको अधिकार गाउँटोलमा पुर्‍यायो भन्ने कुराको प्रतिवाद गर्दै उनले आक्रोश पोखे । वडाध्यक्ष केसीले भने- ‘कहाँ आयो त खै सिंहदरबार ? अहिले पनि जनता सिडिओ कार्यालय धाउनै पर्‍या छ । नगरपालिका जानै पर्‍या छ ।’

केसीले भने – ‘नागरिकता यहीँ (वडा कार्यालय) बन्नुपर्‍यो । नक्साको काम, घर सम्पन्नताको प्रमाणपत्र यहीँ लिन पाउनुपर्‍यो । जनतालाई सास्ती दिएर त्यसै सिंहदबार गाउँगाउँमा आयो भन्ने ?’

‘मुम्बईमा जाँदा त्यहाँको वडाअध्यक्षलाई साइरनवाला गाडी, पेस्तोलसहितको सुरक्षा गार्ड दिएको देखें । हाम्रो महानगरपालिकाका मान्छे पनि त्यहाँ घुमेर आएका छन् नि । वडाअध्यक्षलाई कहाँ राख्नुपर्छ भन्ने थाहा नभएको हो र ?’, उनले भने

कानून बनिनसकेको र महानगरपालिकाले गर्नुपर्ने सहयोग पनि वडालाई नगरेको उनको गुनासो रहेछ । वडापालिकाबाटै हुने कतिपय काममा समेत महानगरले हस्तक्षेप गरिरहेको उनले बताए । घरको नक्सा पास वडाबाट गरेर निर्माण सम्पन्नताको प्रमाणपत्र लिनका लागि महानगरपालिका जानुपर्ने बाध्यता रहेको केसीले सुनाए ।

काठमाडौं महानगरले वडापालिकालाई विनियोजन गरेको बजेटको आकार पनि सानो भएको वडाध्यक्ष केसीको गुनासो छ । ‘पैसा आउने काम जति उतै (महानगर) राख्ने, यस्तो त भएन नि’, उनले भने ।

स्थानीयस्तरको विकासमा प्रदेशको भन्दा पनि स्थानीय तहकै भूमिका पहिलो हुनुपर्ने बताउँदै केसीले अनलाइनखबरसँग भने ‘प्रदेश सरकारले समेत विकास बजेट छुट्याउँछ । विकास प्रदेशले गर्ने कि स्थानीय तहले ?’

संविधानले परिकल्पना गरेबमोजिम अधिकारहरुको प्रयोग गर्न र स्थानीय तहले काम गर्न नपाएको केसीको गुनासो रहेछ ।

डीएसपी ठूलो कि म ?

काठमाडौं महानगरपालिकाका वडाध्यक्षको अर्को गुनासो मर्यादाक्रमका बारेमा रहेछ । स्थानीय तहको जनप्रतिनिधिको गुनासो वरियताक्रमका विषयमा पनि छ भन्ने केसीबाट बुझ्न पाइयो ।

सेवा सुविधामात्रै नभएर मर्यादाको विषयमा पनि वडाध्यक्षहरुलाई केन्द्रले हेपेको केसीले दुखेसो पोखे ।

वडाध्यक्ष केसीको प्रश्न छ- ‘पाँच हजार भोट ल्याएर जितेको गाउँपालिका अध्यक्ष र एक लाख ल्याएर जितेको महानगरको पोर्टफोलिअाे एउटै हुन्छ ?’

महानगरका जनप्रतिनिधिको हैसियत र गाउँपालिका अध्यक्षको हैसियत एउटै हुन नहुने भन्दै वडाअध्यक्ष केसीले मर्यादाक्रम हेरफेर गर्नुपर्ने बताए । भारतको मुम्बईका वडाध्यक्षले साइरनवाला गाडी चढ्ने गरेको र पेस्तोलसहितको सुरक्षा गार्ड पाइरहेको केसीले सुनाए ।

महानगरपालिकाको वडाध्यक्षको हैसियत डीएसपीको भन्दा माथि हुनुपर्ने जिकिर गर्दै वडाध्यक्ष केसीले यसो भने-


‘हाम्रै वडामा डीएसपी ठूलो कि वडाअध्यक्ष ठूलो ? को ठूलो ? उहाँहरु लोकसेवा पास गरेर आएको, हामी जनताको भोटले पास भएर आएको , को ठूलो ? तर, हामीलाई असई बनाएको जस्तो गरियो । यस्तो 
पोर्टफोलिओ सुहायो त ?

काठमाडौं महानगरमा ३२ जना वडाअध्यक्ष जननिर्वाचित हुन् । ८ जना नगरपरिषदमा छन् । नगरपरिषदका पदाधिकारी र हामीलाई पनि उस्तै पोर्टफोलिओमा राख्ने ? प्रत्यक्ष निर्वाचित ठूलो कि पार्टीले सिफारिस गरेको नगरपरिषदको मान्छे ठूलो ?

अहिलेसम्म मेयरकै पोर्टफोलिओ मिलेको छैन । प्रदेश सरकारको सदस्य भन्दा तल छ मेयर । राज्यमन्त्री बराबरको हैसियत पनि नदिएर १५औं मा पुर्‍याएको छ मेयरलाई । अब हामी वडाध्यक्षको त कहाँ पुग्यो होला ?

मुम्बईमा म जाँदा त्यहाँको वडाअध्यक्षलाई साइरनवाला गाडी, पेस्तोलसहितको सुरक्षा गार्ड दिएको देखें । हाम्रो महानगरपालिकाका मान्छे पनि त्यहाँ घुमेर आएका छन् नि । वडाअध्यक्षलाई कहाँ राख्नुपर्छ भन्ने थाहा नभएको हो र ? हाम्रा कानुनविदहरुलाई यो कुरा थाहा नभएको हो र ? तर के गर्ने, आँखा चिम्लिएर बसेका छन् । चुनाव अगाडि यहाँ पनि गाडी आउँछ, गार्ड दिन्छ भन्ने हल्ला फैलाइयो । तर, अहिले केही छैन ।’

मर्यादाक्रम नमिलेको गुनासो सुनिसकेपछि वडाध्यक्ष केसीबाट अर्को गुनासो सुनियो- काठमाडौं महानगरका जनप्रतिनिधिको तलब र सुविधा सम्बन्धी ।

‘१५ महिना भयो, तलब पाएको छैन’

संविधानअनुसार स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धित प्रदेश सरकारले तोक्ने व्यवस्था छ । त्यसैअनुसार ३ नम्बर प्रदेश सरकारले पनि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको तलब मासिक ४६ हजार तोकेको छ । उपमेयरको ४० हजार २ सय, वडाअध्यक्षको २८ हजार र वडासदस्यको ७ हजार तोकिएको छ । तर, वर्ष दिन बित्दा पनि तलब नपाएको जनप्रतिनिधिको गुनासो छ ।

काठमाडौंका मेयरको तलब ४६ हजार छ । उपमेयरको ४० हजार २ सय, वडाअध्यक्षको २८ हजार र वडासदस्यको ७ हजार तोकिएको छ । तर, वर्ष दिन बित्दा पनि तलब नपाएको जनप्रतिनिधिको गुनासो छ ।

साथै तलबमा विभेद गरिएको उनीहरु बताउँछन् । वडाध्यक्ष केसीले तलब र सुविधा नहुँदा काम गर्न गाह्रो भइरहेको संकेत गर्दै अनलाइनखबरसँग भने- ‘म त पछि गएर मेयर बन्ने हो, अहिले घुस खाएर भोलि फेरि कसरी मुख देखाउने ? मैले यहीँका जनतासँग भोट माग्नुपर्छ, त्यसैले म त्यस्तो काम गर्दिनँ ।’

काठमाडौं महानगरका जनप्रतिनिधिले अहिलेसम्म तोकिएको तलब पनि खान नपाएकै हुन् त ? यसबारे हामीले काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता नमराज ढकालसँग बुझ्यौं । जवाफमा ढकालले प्रदेश सरकारबाटै ढिलासुस्ती भएको बताए । तर, प्रदेशसभाबाट पास भइसकेकाले अब छिटै तलब निकासा हुने उनले बताए ।

वडामा जनताको कामचाहिँ के के भयो ?

महानगरभित्रको वडापालिकाले यस अवधिमा के के काम गर्‍यो ? हामीले यसबारे राखेको जिज्ञासामा वडाध्यक्ष केसीले सीसी क्यामेरादेखि फ्री वाईफार्इसम्मको फेहरिस्थ सुनाए ।

आफैंले चुनेका जनप्रतिनिधिसँग स्थानीय जनताको अलि बढी नै अपेक्षा हुने भइहाल्यो । यो अपेक्षा काठमाडौंबासीहरुमा अझै बढी छ । सडक, ढल निकास, फोहोर व्यवस्थापन र खानेपानीको समस्या समाधान वडापालिकाले गरिदियोस् भन्ने जनचाहना छ ।

तर, जनप्रतिनिधिहरुले चुनावी घोषणापत्र अनुसार काम नगरेको र प्रचारमुखी काममा बढी व्यस्त हुने गरेको जनगुनासो बढेको छ ।

आखिर १० नम्बर वडाभित्रको सबैभन्दा ठूलो समस्या के हो ? भनेर सोध्दा उनले खानेपानी भएको बताए । उनले भने- ‘सबैभन्दा ठूलो समस्या खानेपानीको छ, पाइप जोड्या छ, तर पानी आउँदैन ।’

खानेपानीको समस्या मेलम्ची नआएसम्म समाधान गर्न नसक्ने स्वीकारोक्तिसहित केसीले यो एक वर्षको उपलब्धीमा सिसी क्यामेरा र फ्री वाईफाई जडानलाई सम्झिए ।

वडाभित्रका विभिन्न सामुदायिक भवन, क्लब, सार्वजनिक स्थान गरी ७ ठाउँमा फ्री वाईफाई दिइसकेको र त्यसलाई बढाएर २० ठाउँ पुर्‍याउने बताउँदै उनले क्षेत्रगतरुपमा बानेश्वर हाइटलाई ए, रत्नराज्यलाई बी र बुद्धनगरलाई सी भनेर वर्गीकरण गरी वडाका सबै ठाउँमा सीसी क्यामेरा जडान गर्ने योजना रहेको सुनाए ।

हाल १० ठाउँमा जडान भइसकेको सीसी क्यामेराको मोनिटरिङ वडाध्यक्ष केसीको आफ्नै कार्यकक्षबाट भइरहेको रहेछ । चुनावी घोषणापत्रमा आश्वासन दिए बमोजिम वडाबासीलाई यी सेवा दिन सकेकोमा उनले गौरवबोध गरे ।

काठमाडौं वडा नम्बर १० मा शिक्षित मान्छेहरुको बसोबास रहेको भन्दै केसीले काम गर्न त्यति असहज नरहेको दोहोर्‍याए ।


सडकको अतिक्रमण नरोकिए डोजर चल्छ !

काठमाडौं महानगरपालिकाभित्र जनघनत्वको हिसाबले चाप रहेको क्षेत्र हो, वडा नम्बर १० । करिब १३ हजार घरधुरी रहेको यस वडामा ८० वटा स-साना टोलहरु छन् ।

दुईतर्फी गाडी ओहोर-दोहोर गर्नै नमिल्ने साँघुरा सडक, भत्किएको पीच, खाल्डाखुल्डी, वर्षातले हिलाम्य गल्लीहरु अनि घना बस्तीका कारण वडाभित्रको जनजीवन अस्त व्यस्त देखिन्छ ।

तर, अहिले यहाँका ८० प्रतिशत सडकहरु पीच भइसकेको वडाअध्यक्ष केसीको दाबी छ । ‘छिटै सबै सडक पीच हुन्छ, साँघुरा सडक फराकिलो बनाउने काम पनि भइरहेको छ’, वडाध्यक्ष केसी भन्छन्, ‘अतिक्रमित भएका र मुआब्जा लिइसकेकाहरुलाई ठाउँ छाड्न आग्रह गरिरहेका छौं, मान्दै मानेनन् भने डोजर चल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

40%

खुसी

6%

दुःखी

13%

अचम्मित

6%

उत्साहित

36%

आक्रोशित

ट्रेन्डिङ

Advertisment