Comments Add Comment

प्रधानमन्त्रीले उद्घाटन गरेको बायोग्यास किन विग्रियो ?

२७ भदौ, माेरङ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कृष्ण गौशाला बिराटनगरको बायोग्यास प्लान्टमा प्राविधिक समस्या आएपछि ग्यास वितरण रोकिएको छ ।

गत भदौ ५ गतेबाट वितरण सुरु गरिएको प्लान्टमा प्राविधिक समस्या आएपछि एक साताका लागि ग्यास वितरण रोकिएको हो ।

उद्घाटन गरेको एकसाता चलेको प्लान्टमा प्राबिधिक समस्या आएपछि केहीदिनयता मर्मतका लागि उत्पादन बन्द गरेको गौसेवा समितिका अध्यक्ष संकर अग्रवालले जानकारी दिए ।

प्राविधिक टोलीले काम गरिरहेको बताउँदै उनले केहीदिनभित्र जडान गरिएका ३२ घरका लागि ग्यास बितरण सुरु गर्ने उनले बताए ।

प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि भारतबाट प्राविधिक समेत बोलाइएको छ । सिड कन्सल्टेन्ट एण्ड इन्जिनियरीङ प्राइभेट लिमिटेड दिल्लीबाट आएका इन्जिनियर सुमित कुमारसहितको टोलीले मर्मत गरिरहेको छ ।

सिडले नै गोबर ग्यास प्रान्टको प्राबिधिक पाटो हेर्दै आएको छ ।

थप ४८ घरमा पाइपलाइन बिच्छ्याइँदै

बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास बितरण गर्दा बिजुली गडबड हुँदा समस्या आएपछि मर्मतका लागि केही दिनलाई बन्द गरिएको गौशालाका रेखदेखकर्ता मोहिचन्द्र यादव बताउँछन् ।

‘थप ४८ घरमा बितरणका लागि पाइपलाइन बिच्छ्याउने काम पनि भैरहेको छ’, उनले भने, ‘पूर्ण क्षमतामा सञ्चालन गर्दा कुनै समस्या नहोस् भनेर अहिले उत्पादन बन्द गरेर मर्मतका लागि जुटेका छौ ।’

विद्युतको भोल्टेज गडबड हुँदा समस्या भएर मेम्ब्रेममा असर गरेको प्राविधिक बताउँछन् । मेम्ब्रेम ग्यास सप्लाई गर्ने मुख्य प्राविधिक पक्ष हो । प्राबिधिक टोलीले मेम्ब्रेम मर्मतको काम गरिरहेको छ ।

नियमित रुपमा ग्यास बितरण गर्नका लागि जेनेरेटरको आवश्यकता पर्छ । तर, गौशालासँग जेनेरेटर छैन ।

जिल्ला समन्वय समिति मोरङले विराटनगर महानगरपालिकामार्फत जेनेरेटर उपलब्ध गराएको त छ, तर जेनेरेटर पनि मर्मतकै क्रममा छ ।

उपभोक्ता भन्छन्– बिदा गरेको सिलिण्डर फेरि ल्यायौं

गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बायो ग्यास प्लान्टको उद्घाटन गर्दै भनेका थिए, ‘३२ घरले सिलिण्डरको बिदाइ गरिसके ४८ ले चाँडै बिदा गर्नेछन् ।’

प्रधानमन्त्रीले भने जस्तै बिराटनगर–१४ की सिता दाहालले पनि सिलिण्डरलाई भान्साको कुनामा थन्काएकी रहेछिन् ।

तर, प्लान्टबाट ग्यास नआएपछि उनले थन्कयाएको सिलिण्डर फेरि निकाल्नु परेको बताइन् । बायोग्यास जोडेपछि नभरेको सिलिण्डर ग्यास काटिएपछि फेरि जोड्नुपरेको उनको भनाइ थियो ।

उनी जस्तै जागेश्वर यादवले पनि सिलिण्डर ग्यासको प्रयोग गरेका थिएनन तर, प्लान्टबाट एकसातासम्म ग्यास नआएपछि खाली रहेको सिलिण्डर भरेर प्रयोग गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment