Comments Add Comment

निर्मला हत्याको विरोधमा कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

२८ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरे । सभामुख कृष्णबहादुर महराले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए ।

‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ’ उनले भने ‘यो घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ ।’

यस्तै रोल्पामा तरुण दलका नेताको हत्या भएको र पछिल्लो समय पत्रकारहरुलाई पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने उनले बताए ।

सभामुखले सरकारको ध्यानाकर्षण गराउँदै उपयुक्त समयमा जवाफ दिने जानकारी दिए । तर, कांग्रेस सांसदहरुले तत्काल जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध गर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment