Comments Add Comment

अफगानी उच्च शान्ति परिषद्को टोलीले प्रचण्डलाई भेट्यो

२८ भदौ, काठमाडौं । नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले बिहीबार नेपाल कम्युनिस्ट पाटी -नेकपार्)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेको छ ।

अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा छलफल गरेको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताउँदै नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको बताए ।

उनले नेपालको शान्ति प्रक्रियाबाट नेपाली जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतका उपलब्धी पाएको बताए ।

‘नेपाली जनताको राजनैतिक स्वतन्त्रताको आन्दोलन भएकाले यसमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धलाई नेतृत्व गर्यौं र धेरै हदसम्म उनीहरुका अधिकार स्थापित गराउन सफल भयौं ।’ प्रचण्डले भने ।

भेटमा अफ्गानस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिइन् ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment