Comments Add Comment

नवजात शिशुलाई बिरामी हुनबाट कसरी जोगाउने ?

नवजात शिशुको शरीर धेरै संवेदनशील हुन्छ । त्यसैले स्याहारमा थोरै कमीकमजोरीले पनि संक्रमणको जोखिम बढाउँछ ।

परिवारमा पनि भर्खर भर्खरै नयाँ पाहुनाको आगमन भएको छ भने तपाईं पक्कैपनि आफ्ना शिशुको स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ ।  यस्तो अवस्थामा कसरी शिशुको स्यहार गर्ने भन्ने कुरामा ख्याल राख्नैपर्छ ।

नवजात शिशुको आगमन पछि परिवारमा खुसीको माहौल हुन्छ । तर, बच्चाको स्याहार सुसारको समयमा तपाईं अझै बढी सावधान हुनुपर्छ । यसैले मातापिता हुनाको नाताले तपाईंले आफ्नो बच्चालाई स्वस्थ रहन एक सुरक्षित वातावरण दिनुपर्छ र उनीहरुको उचित हेरचाह गर्नुपर्छ ।

यहाँ हामीले केही टिप्स उल्लेख गरेका छौं जसलाई ख्याल गरेमा तपाईंले आफ्नो बच्चाको राम्रोसँग हेरचाह गर्न सक्नुहुन्छ ।

शिशुलाई न्यानो तापक्रममा राख्नुहोस्

बच्चाको उचित विकास वा बढ्नको लागि न्यानो तापक्रमको आवश्यकता हुन्छ । शिशु आँफैले आफ्नो आमाको शरीरको न्यानोपनासँग जोडिन सक्छ । त्यसैले आमाको स्पर्श बच्चाको लागि सबैभन्दा सुरक्षित स्पर्श हो ।

शिशुलाई चुम्बन नगर्नुहोस्

नवजात शिशुको शरीर धेरै संवेदनशिल हुन्छ त्यसैले उनीहरुलाई चुम्बन नगर्नुहोस् । उनीहरुलाई संक्रमण हुने सम्भावना अधिक हुन्छ । यसैले उनीहरुलाई बिरामीबाट बँचाउनको लागि अरुलाई पनि चुम्बन गर्न नदिनुहोस् । यसले फैलने खालका संक्रमणको खतरा हुन सक्छ र बच्चाहरुलाई दुःख हुन सक्छ ।

सँधै हात धुनुहोस्

हाम्रो हात कैयौं संक्रमित चीजको सम्पर्कमा आउँछ । यसैले जब तपाईं बच्चालाई सम्हालिरहनु भएको छ वा उनीहरुलाई केही खुवाउँदै हुनुहुन्छ भने यसभन्दा पहिलो आफ्नो हातलाई राम्रोसँग धुनुहोस् ।

६ महिनासम्म शिशुलाई स्तनपान गराउनुहोस्

आमाको दूध बच्चाको लागि पोषणको एकमात्र स्रोत हो । बच्चालाई पोषकतत्वको उचित व्यवस्थाको लागि आमालाई कम्तीमा पनि ६ महिनासम्म बच्चालाई स्तनपान गराउन पर्छ । यसले बच्चाको प्रतिरक्षा बढाउँछ र उनीहरुलाई रोगबाट बचाउँछ ।

बच्चाको कपडा छुट्टै धुनुहोस्

बच्चाको कपडालाई बाँकी कपडाको साथमा नधुनुहोस् । उनीहरुलाई सुरक्षित र विभिन्न संक्रमणबाट टाढा राख्नको लागि बच्चाको कपडालाई अलग धुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment