+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

संविधान दिवसलाई कालो दिवस मनाउने निर्णय भएको छैनः फोरम

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १२:२४

१ असोज, काठमाडौं । संघीय समाजवादी फोरम, नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।

पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति प्रकाशित गरी कालो दिवसका रुपम मनाइने कुनै कार्यक्रमहरुमा समेत सहभागी हुने निर्णय नै नभएको प्रष्ट पारेका हुन् ।

संशोधनमार्फत संविधानका कमजोरीहरु सच्याउने, प्रापत अधिकारहरुलाई संरक्षण गर्दै थप संविधान संशोधन गर्न सरकार र पार्टीबीच समझदारी भएको भन्दै फोरमले संविधानविरुद्ध हुने कार्यक्रममा सहभागी नहुने बताएको हो ।

तर, यसअघि फोरम नेपाल प्रदेश २ का अध्यक्ष रेणु यादवले भने प्रेस विज्ञप्ति जारी गर्दै पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?