+
+

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई ४ गते

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते ११:५०

२ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई पर्सि ४ गते हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको हो । संवैधानिक परिषद्ले हालै मात्र अख्तियारका आयुक्त घिमिरेलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो ।

परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?