काठमाडाैं / भूकम्पले भत्काएको माझी बस्ती पुनर्निर्माणका लागि अस्ट्रेलियाबाट ‘स्वेता-श्री फाउण्डेशनलाई’ ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
अस्ट्रेलिया निवासी सुशील चालिसे र उनकी श्रीमती अनिता भण्डारीले छोरीहरु शायना र समिका चालिसेको जन्मदिनको अवसरमा ५०० अस्ट्रेलियन डलरमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानलाई हस्तान्तरण गरेका थिए ।
सोही रकममा केही रकम थप गरी उनीहरुले नायिका स्वेता खड्कालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
नायिका खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको माझी बस्तीलाई एकीकृत बस्ती निर्माणको अभियान सुरु गरेकी छन् ।
५६ परिवारका ३७५ जनाको लागि करिब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने अभियान सुरू गरेकी हुन् । १५ प्रतिशत मात्रै साक्षर रहेको यो समुदायमा१८४ जना महिला छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4