+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

कविता : म हाउस हस्बेण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ७ गते ७:१४

साथी,
तीस वर्ष लामो सरकारी जागिरबाट,
मैले अवकाश पाएको छु,
अवकाश सँगै,
मेरो पेशा र कार्यक्षेत्र बदलिएको छ,
जिम्मेवारी फेरिएको छ,
जीवनको नयाँ चरण प्रवेश गरेको छु,
श्रीमती जागिर खान कलेज जान्छिन्,
मैले घर सम्हाल्ने गरेको छु
साथी, आजकल म,
हाउस हस्बेण्ड बनेको छु ।

बिहानको हिडाइबाट हतार हतार फर्की,
चिया बनाउँछु,
चिया पिउँदै बैठकमा,
श्रीमतीले पत्रिका पढ्ने,
इन्टरनेट चेक गर्ने,
र,
कलेजको काम गरिरहँदा,
म भने खाना बनाउँछु,
छोराछोरीको टिफिन राख्छु,
डे्रसमा आइरन गरी जुत्तामा पालिस गर्छु,
श्रीमती खाना खाएर,
अफिस निस्कदा,
श्रीमतीको ब्यागमा लिपिस्टिक राखिदिँदै,
मैले उनको विदाईमा मुस्कुराउन सिकेको छु,
साथी, आजकल म,
हाउस हस्बेण्ड बनेको छु ।

भाँडा माझमुज,
घरको सरसफाइ पछि,
वासिङ मेसिनमा कपडा राख्छु, र,
एकैछिन, मनचाह टिभी प्रोग्राम हेरी,
विजुली, धारा र टेलिफोनको बिल तिरेर,
छोराछोरी लिन स्कूल पुग्छु,
फर्कंदा दाल तरकारी बोकेर,
हतारोमा घर पुगी खाजा बनाउँछु,
अनि,
श्रीमती अफिसबाट फर्केर घर आउँदा,
मैले उनको स्वागतमा,
मुस्कुराउँदै ढोकामा उभिन सिकेको छु,
साथी, आजकल म,
हाउस हस्बेण्ड बनेकोछु ।

साँझ ढल्कदै गर्दा,
श्रीमतीसँग छोटो कुराकानी पछि,
उनलाई चिया खाजा दिएर,
म रातको खाना बनाउन जुट्ने गर्छु,
खाना पाक्छ, म छोराछोरीलाई पढाउन बस्छु,
मलाई थाक्ने फुर्सद हुँदैन,
श्रीमती इष्टमित्र, नातेदारसँग फोनमा वा,
फेसबुक र टिभिमा व्यस्त भैरहँदा,
साथी,
रातको सुत्ने बेलामा,
मैले बेड मिलाउने सीप सिकेको छु,
मैले बेड मिलाउने सीप सिकेको छु,
साथी, आजकल म,
हाउस हस्बेण्ड बनेको छु ।
साथी, आजकल म,
हाउस हस्बेण्ड बनेको छु ।

+++

गीतानगर, चितवन
हालः काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?