प्रत्येक मानिस आफ्नो तौललाई लिएर निकै चिन्तित हुन्छन् । उनीहरूले आफ्नो तौलप्रति चिन्ता व्यक्त गर्नु स्वाभाविक पनि हो । किनभने शरीरलाई स्वस्थ राख्नका लागि पनि तौल नियन्त्रित राख्न जरुरी छ ।
बढी तौलका कारण मोटोपना, मुटु रोग, उच्च रक्तचाप, मधुमेह लगायत स्वास्थ्य सम्बन्धी विभिन्न समस्या उत्पन्न हुने गर्छन् ।
त्यसैले हिजोआजका मानिसहरू तौल नियन्त्रित राख्न पनि डाइटिङ्ग गर्ने, एक्सरसाइज गर्नेजस्ता विभिन्न उपाय अपनाउँछन् । यसका बाबजुद पनि कैयौं मानिस तौललाई लिएर निकै चिन्तित हुने गर्छन् ।
परिणामस्वरूप, उनीहरू अनावश्यक रूपमा आˆनो तौल कम गर्नतिर लाग्छन्, जसले गर्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिन्छ । त्यसैले पनि प्रत्येक व्यक्तिलाई आफ्नो तौलबारे जानकारी हुन आवश्यक छ । तर कसरी ?
स्वस्थ जीवनशैली अपनाउने
स्वस्थ खानपान, नियमित व्यायाम तथा तनावरहित जीवनशैली अपनाएर पनि शरीरलाई स्वस्थ्य एवं स्फुर्त राख्न सकिन्छ । विशेषगरी स्वस्थ खानपान तथा नियमित व्यायामले शरीरमा फ्याट जम्मा हुन पाउँदैन र तौल बढ्दैन । यसबाट मांसपेशी कसिलो भई शरीरको तौल सन्तुलित हुने गर्दछ ।
ऊर्जाको प्रयोग
निश्चित मात्रामा चिया तथा कफीको सेवनले शरीरको तौल नियन्त्रित हुने गर्छ । विशेषगरी दिनमा चार कपभन्दा कम मात्रामा चिया तथा कफीको सेवनले शरीरको तौल नियन्त्रित राख्न सहायता प्रदान गर्छ । साथै अनिद्राको समस्या कम गर्ने हुँदा यसले शरीरमा थप ऊर्जा प्रदान गर्छ ।
अनावश्यक रूपमा तौल कम नगर्ने
तौल कम गर्ने क्रममा लक्ष्यको नजिक पुगेपछि अनावश्यक तौल कम गर्नबाट जोगिनु पर्छ । अन्यथा यसले स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले पनि तौल सही छ भने अननावश्यक रूपमा तौल कम गर्नबाट जोगिनु पर्छ ।
कम्मरको आकार नाप्ने
पुरुषहरूमा कम्मरको आकार चालीस इन्च हुन्छ भने महिलाहरूमा कम्मरको आकार ३५ इन्च भएमा त्यसलाई स्वस्थ कम्मर मानिन्छ । त्यसैले शरीरको तौल सही छ कि छैन भनेर थाहा पाउनु छ भने कम्मरको आकार मापन गरेर पनि आफ्नो तौलबारे थाहा पाउन सकिन्छ ।
आफ्नो सुन्दरता देखेर खुसी हुने
जो मानिस आफ्नो सुन्दरता देखेर खुसी हुन्छन्, आफ्नो शरीरप्रति कुनै गुनासो हुँदैन, त्यस्ता मानिसको तौल सदैव सही हुने गर्छ । यस्ता व्यक्ति आफ्नो तौलप्रति खासै चिन्तित हुँदैनन् ।
प्रतिक्रिया 4