Comments Add Comment

विकास चाहने हो भने २ वर्ष आन्दोलन नगरौं : मुख्यमन्त्री पोखरेल

८ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयताको विरोध सान्दर्भिक नभएको बताएका छन् । संघीयता कार्यान्वयनमा आएको ७ महिनामै राणा शासन बिर्साउने गरी विरोध भएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

रुपन्देही ब्यापार संघको १७ औं साधारणसभाको बुटवलमा उद्घाटन गर्दै पोखरेलले भने, ‘संघीयताको विपक्षमा भइरहेको विरोध अबुझहरुको मात्रै काम हो ।’

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले दुई कम्युनिस्ट पार्टीको एकतालाई नरुचाउनेहरुको समूहले सरकारका नकारात्मक काम मात्र खोजेको र संघीयतालाई पनि यसैमा मिसाएर जनतामा भ्रम सिर्जना गरेको दाबी गरे ।

सरकारले जनताका पक्षमा गरेका निर्णयलाई असफल बनाउन विपक्षीहरु योजनाबद्ध रुपमा लागेको भन्दै सरकारको काम हेर्न २ वर्ष सडकमा नगएर पर्खिन आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले केन्ऽ सरकारले प्रदेशलाई पर्याप्त सहयोग नगरेको तथा शून्यबाट काम थालेको भन्दै जनअपेक्षा अनुसारको काम देखाउन नसकेको स्वीकार गरे । प्रदेशको राजधानीको टुंगो विधि र प्रक्रियाबाट लाग्ने भन्दै उनले चुनावका बेला बोलिएका कुराले अहिले कुनै अर्थ नराख्ने बताए ।

संघका अध्यक्ष पदम श्रेष्ठले खुला सीमाबाट हुने अवैध कारोबारले नेपाली व्यवसायीहरु मर्कामा परेको भन्दै चेकजाच कडा गरी त्यसलाई नियन्त्रण गर्न आग्रह गरे । उनले करको दर होइन, दायरा बढाउन, घरवहाल कर व्यवस्थित गर्न, सरकारी सम्पत्तिको सही ढंगले उपयोग गर्न सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment