+

रियल मड्रिड र बार्सिलोनामा चोटले समस्या

२०७५ असोज  १२ गते १९:२५ २०७५ असोज १२ गते १९:२५
रियल मड्रिड र बार्सिलोनामा चोटले समस्या

१२ असोज, काठमाडौं । ला लिगामा गएको बुधबार लेगानेससँग हारेको बार्सिलोना र सेभियासँग हारेको रियल मड्रिडलाई आउने खेलमा पनि चिन्ता थपिएको छ । घाइते भएका कारण बार्सिलोनामा स्यामुअल उमटिटी र मड्रिडमा मार्सेलो हुने छैनन् ।

बार्सिलोनाले नेपाली समयअनुसार शनिबार राति ८ बजे एथ्लेटिको बिलबाओसँग खेल्दैछ भने मड्रिडले एथ्लेटिको मड्रिडसँग शनिबार राति साढे १२ बजे खेल्दैछ ।

मार्सेलोको पिंडौलामा चोट देखिएकाले एथ्लेटिको मड्रिडसँगको महत्वपूर्ण खेल गुमाउने भएका हुन् । साथै इस्को पनि नहुनाले प्रशिक्षक जुलेन लोपेटेगीले कार्भाजल र ओडि्रओजोलालाई खेलाउने सोचिरहेका छन् ।

यस्तै बार्सिलोनाका डिफेन्डर उमटिटी घुँडामा देखिएको समस्याले शुक्रबारको अभ्यासमा पनि सामेल भएका थिएनन् । अभ्यासमा बार्सिलोना बी टिमका इनाकी पेना सामेल भएका थिए ।

ला लिगामा बार्सिलोना र रियल मड्रिड दुवैले ६ खेलमा चार/चार खेलमा जित र एक बराबरी गरेका छन् भने एक खेल हारेका छन् । गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय