+
+
WC Series
पोखरा एभेन्जर्स 2025
130/4 (15.6)
VS
२४ बलमा ३६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

माइतीघरको नाराः सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १३:४८

काठमाडौं । कञ्चनपुरकी १३ वषर्ीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गदै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

निर्मला पन्तको न्यायका लागि स्वःस्फूर्त रुपमा मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । घटनाको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको देखिएको भन्दै गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरे ।

उनीहरुले ‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?