+
+
Shares

ओपो एफनाइन स्टारी पर्पल रंगमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १९:०१

१५ असोज, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली बजारमा एफनाइन अन्तर्गत नयाँ उत्पादन स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ । पछिल्लो महिना एफनाइन सार्वजनिक समारोहमा स्टारी पर्पलका बारेमाजानकारी दिए देखि नै बजारमा यसको तिब्र मागहुँदै आइरहेको कम्पनी बताउँछ ।

‘हाम्रा उत्पादन र सेवाका लागि उपभोक्ताबाट प्राप्त प्रतिक्रियाका लागि हामी समस्त उपभोक्तालाई धन्यवाद नदिइ रहँन सक्दैनौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यही मायाँ र सहयोगले हामीलाई नेपालमा ओपो एफनाइनको स्टारी पर्पल सार्वजनिक गर्न प्रोत्साहन मिलेको हो । ओपो एफनाइनले उपभोक्ताको माग तथा आवश्यकताको समग्र सम्बोधन गर्नेमा हामी आशावादी छौँ ।’

मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने भोक फ्ल्याशचार्ज र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन भएको एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान कम्पनीको दाबी छ ।  उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्त्रिmन डिजाइन, ९० दशमलब ८ प्रतिशत उच्च स्त्रिmन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री सहितको एफनाइनले उत्कृष्ट सेल्फी फक्शनका साथै आनन्ददायी अनुभव, फास्ट चार्जिङ र लामो समयसम्म टिक्ने ब्याट्रीको सुविधा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

ओपो एफनाइन स्टारी पर्पलमाकम्पनीले १०८०८२३४० रेजोल्यूशन र १९.५ः९ एस्पेक्ट रेसियो सहितको ६.३ ईञ्चको बेजललेस स्त्रिmन जडान गरिएको छ । फोनको स्त्रिmन टू बडी रेसियो ९०.८ प्रतिशत रहेको छ ।  एफनाइनमाओपोले स्वतन्त्ररुपमाविकास गरेको भोक फ्ल्याशचार्ज सुविधा छ । यो प्रविधिले न्यूनभोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै साधारण ५भी/१ए चार्जिङका तुलनामा ४ गूणा तिब्र चार्जिङ गति प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार भोकले एडेप्टरदेखि पोर्ट हुँदै फोनको आन्तरिक भाग सम्म पुग्दा विशेष ५ तहको सुरक्षा प्रणालीको अवलम्बन गर्छ र भोकमा भोल्टेज रिड्युसिङ सर्किटको स्थानमा एमसीयूको प्रयोग गरिएको छ । सन् २०१४ मा भोक सार्वजनिक गरेदेखि यस अन्तर्गत ५ सय प्याटेन्टदर्ता गरिएका छन् भने ९ करोड उपभोक्ताले यसको प्रयोग गरिरहेका छन् । तसर्थ, भोक हाल सम्मकै कमर्सियल फास्ट चार्जिङ प्रविधि हो ।

ओपो एफनाइन स्टारी पर्पलमा ३५०० एमएएच क्षमताको ब्याट्री जडान गरिनुका साथै एआई ब्याट्री म्यानेजमेण्टको ब्यवस्था पनि गरिएको रयी समग्र सुविधाका कारण स्टारी पर्पलले उत्कृष्ट ब्याट्री आयू प्रदान गर्ने कम्पनी बताउँछ ।

ओपोद्वारा प्रयोग गरिएको ग्राडियण्ट स्प्रेइङ प्रविधि र फ्रेम ग्राडियण्ट प्रविधिको माध्यमबाट फोनको पछिल्तिर उत्कृष्ट ग्राडियण्ट डिजाइन दिइएको छ ।  ओपो एफनाइन स्टारी पर्पललाई सूर्यको प्रत्यक्ष प्रकाशमा राख्दा क्रिस्टल जेम र वगेको पानीझैँ चमक दिन्छ । पानीको थोपा आकारको नोच बाहेक यसको स्त्रिmनले समग्र फोन ओगटेको छ ।

पानीको थोपाबाट प्रेरित यस डिजाइनलाई कम्पनीले वाटरड्रप स्क्रिन नाम दिएको छ । यसको मूल्य ४१ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ । ओपो एफनाइन असोज १६ गतेदेखि देशभर रहेका अफलाइन स्टोर्स मार्फत उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?