१७ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरणमा इटालियन क्लब युभेन्टसले लगातार दोस्रो जित हात पारेको छ ।
आफ्नै घरेलु मैदानमा मंगलबार राति युभेन्टसले योङ ब्वाईजलाई ३–० गोलले पराजित गरेको हो । युभेन्टसको जितमा पाउल डिबालाले ह्याट्रिक गोल गरे । उनकै तीन गोलमा युभेन्टसले सहज जित निकाल्दै समूह एचको शीर्ष स्थानमा रहन सफल भएको हो ।
डिबालाले खेलको पाँचौं मिनेटमा नै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा डिबालाले अर्को गोल गर्दै युभेन्टसलाई दोब्बर अग्रतामा पुर्याए ।
पहिलो हाफमा २–० गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप १ गोल गर्दै जित हात पार्याे । खेलको ६९ औं मिनेटमा डिबालाले ह्याट्रिक गोल गरे । योसँगै युभेन्टस ३–० गोलले अघि रहेको थियो । खेलको ७८ औं मिनेटमा मोहमद अलि कमाराले रातो कार्ड पाएपछि योङ ब्वाइज १० खेलाडीमा सीमित बनेको थियो ।
यो समूहको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएको छ ।
समूह एच मा युभेन्टस २ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । युनाइटेड २ खेलबाट ४ अंक जोडेर लिगको दोस्रो स्थानमा छ । २ खेलबाट १ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ भने योङ ब्वाइज अंक विहीन हुदै समूहको पुछारमा छ ।
प्रतिक्रिया 4