+

मोडरिकलाई राहत, झुटो बयानको अभियोग अदालतद्वारा अस्वीकार

२०७५ असोज  १७ गते २०:१८ २०७५ असोज १७ गते २०:१८
मोडरिकलाई राहत, झुटो बयानको अभियोग अदालतद्वारा अस्वीकार

काठमाडौं । क्रोएसियाको एक अदालतले फुटबलर लुका मोडरिकविरुद्ध झुटो बयान दिएको अभियोग अस्वीकार गरेका छन् ।

क्रोएसियाका अभियोजनकर्ताहरुले मोडरिकमाथि पूर्वक्लब डिनामा जाग्रेबका प्रमुखको पक्षमा झुटो बयान दिएको अभियोग लगाएका थिए । तर, क्रोएसियाको अपराध अदालतले त्यसलाई अस्वीकार गरेको छ ।

सन् २००८ मा टोटनहृयाम आएका मोडरिक अहिले रियल मड्रिडमा छन् । उनले फिफा र यूईएफए दुबैको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् ।

खेलाडी ट्रान्सफरबाट आएको रकम अनियमिताको आरोपमा डिनामाको प्रमुख कार्यकारी जाड्रोभ्को मामिक र तीन अधिकारी जेल सजाय सुनाइएको छ । तर, मामिक भागेर बोस्निया पुगेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय