+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जगडोलमा चङ्गा चेट प्रतियोगिता, पुरस्कारमा खसी र बोका

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १३:२३

१८ असोज, काठमाडौं । आउँदो दसैंलाई लक्षित गरेर काठमाडौं जगडोलमा रहेको जगडोल युवा क्लबले आउँदो २७ गते शनिबार चङ्गा चेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

चङ्गा चेट प्रतियोगितामा पहिलो हुनेलाई खसी, दोस्रो हुनेलाई बोका र तेस्रोलाई कुखुरा पुरस्कार दिइने क्बलका अध्यक्ष कपिल पौडेलले बताएका छन् ।

कार्यक्रममा चङ्गा आयोजकले उपलब्ध गराउने तर लट्टाई र धागो भने प्रतियोगीले नै ल्याउनुपर्ने नियम रहेको पनि उनले बताए ।

कार्यक्रमबाट पर्यटकीय स्थलको प्रचार प्रसार हुने र पुरानो सँस्कृतिको जगेर्नामा मद्दत पुग्ने क्लबका कोषाध्यक्ष सुवास पौडेलले बताए । प्रतियोगिताको सफल आयोजना र निरन्तरतामा आफूहरुले विचार गरेको उनको भनाइ छ ।

क्लबले बाहृय तथा आन्तरिक पर्यटन प्रबर्द्धनका लागि बुढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित जगडोल झण्डा पार्कमा चङ्गा चेटसँगै फुडफेस्टिभल तथा गीतसंगीतका कार्यक्रम पनि राखेको आयोजकले जनाएको छ ।

जसमा दर्शकका लागि एक हजार रुपैयाँको टिकटको पनि व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?